विराटनगर १ बैशाख २०८० । मिस्टर एण्ड मिस विराट राजवंशीको पहिलो उपाधि विराटनगरकी सुश्मा र बुढीगंगाका सुनिल राजवंशीले हासिल गर्न सफल भएका छन ।
नववर्षको पुर्व सन्ध्यामा विराटनगरमा आयोजना गरिएको फाईनल प्रतिस्पर्धाकाबीच २० जना प्रतिस्पर्धिलाई उछिन्दै विराटनगर १४ की १७ बर्षिय सुश्मा विश्वास राजवंशी उपाधि हासिल गर्न सफल भईन । उपाधि संगै सुश्माले मिस विराट राजवंशीको पहिलो ताज सहित ३१ हजार नगद हासिल गर्न सफल भईन ।
यस्तै बुढीगंगा २ का सुनिलले ७ जना प्रतिस्पर्धिलाई पछि पार्दै मिस्टर विराट राजवंशीको पुरुषतर्फको पहिलो उपाधि हासिल गरेका छन । उनले समेत समुदायको पहिचानसंग जोडिएको पगडी सहित ३१ हजार नगद राशिको पुरस्कार हासिल गर्न सफल भएका छन । बिजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष किरण राजवंशी,राजवंशी समाज विकास उत्थान समिति विराटका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशी र मैथिल सञ्चारकर्मी संघ नेपालका अध्यक्ष नवीन कर्णले ताज सहित पुरस्कार अर्पण गर्नुभयो ।
विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराट राजवंशी समुदायलाई लक्षितगरि नेपालमैं पहिलो पटक आयोजना गरिएको प्रतिस्पर्धामा विभिन्न चरण पारगरि २१ जना महिला र ८ जना पुरुष प्रतिस्पर्धि फाईनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा निमा राजवंशी फस्र्ट रनरअप,उर्मिला राजवंशी सेकेण्ड रनरअप,स्वस्तिका राजवंशी मिस बेस्ट ट्यालेन्ट,शिवज्योति राजवंशी बेस्ट क्याट्वाक,सुश्मा राजवंशी मिस बेस्ट स्माईल,प्रिति राजवंशी मिस फोटोजनिक,रितिका राजवंशी बेस्ट फिजिक र रेविका राजवंशी मिस बेस्ट पर्शनालिटिको टाईटल हासिल गर्न सफल भईन ।
यस्तै पुरुषतर्फ जहदा २ का सागरकुमार राजवंशी फस्र्ट रनरअप, कटहरी ६ का अमन राजवंशी सकेण्ड रनरअप,मनिक राजवंशी बेस्ट क्याटवाक,अविरल राजवंशी बेस्ट ट्यालेन्ट,प्यारेलाल राजवंशी बेस्ट फिजिक र राजकुमार राजवंशीले मिस्टर बेस्ट पर्शनानिटिको उपाधि हासिल गर्न सफल भएका छन । फस्र्ट रनरअपका विजयीलाई १५ हजार र सेकेण्ड रनरअपलाई ११ हजारको पुरस्कार राशि प्रदान गरिएको थियो ।
प्रतियोगितामा गायक रामा मण्डल,नृत्य निर्देशक एमजे मिथुन,सञ्चारकर्मी अन्जु कर्ण र समाजसेवी रोशनप्रसाद राजवंशीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । आगामी बर्षहरुमा समेत प्रतियोगितालाई निरन्तरता दिईने आयोजक विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले जानकारी दिनुभयो ।