विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा तथा कान परीक्षण गरिएको छ ।
विराटनगरकै दिब्यज्योती अस्पतालले उक्त विद्यालयमा शिविरको आयोजनागर्दै अध्ययनरत विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिदिएको हो । साँकेतिक भाषाका सहयोगीहरु राखेर अस्पतालले विद्यार्थीको आखाँ तथा कान परीक्षण गरेको अस्पतालका अध्यक्ष कमलेश कर्णले जानकारी दिनुभयो ।
२१ औं जलबिन्दु सचेतना सप्ताहको क्रममा विद्यार्थीहरुका निम्ति निशुल्क शिवीर आयोजना गरिएको उहाँले बताउनुभयो । सो क्रममा २ सय बढी विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीले जानकारी दिनुभयो ।
परीक्षण गरिएका विद्यार्थीहरु मध्ये ६५ जनामा आखाँ तथा कानको उपचार गर्न अस्पतालसम्मै पुग्नुपर्ने अवस्थाका विरामी फेला परेको उहाँले जानकारी दिनुभयो । अस्पतालसम्म पुग्नुपर्ने अवस्थाका विरामीलाई दिब्यज्योति अस्पतालले नै सबै प्रकारको निशुल्क उपचार गरिदिने प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।
कोचाखालमा रहेको उक्त विद्यालयमा बाल कक्षा देखी १२ सम्म २ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेको जनाईएको छ ।