अमडुवा । ग्रामीण भेगका सर्वसाधारणलाई लक्षितगरि सुनसरीको बर्जु गाउँपालिका अमडुवामा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको छ ।

नेपाल होमियोपैथी चिकित्सक संघको आयोजनामा बर्जु गाउँपालिकाको वडानम्बर ३ अमडुवा प्राथमिक विद्यालय परिसरमा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको हो । शिवीरमा होमियोपैथी र एलोपैथी दुवै चिकित्सा पद्धतिबाट विरामीको उपचार गरिएको थियो । शिवीरमा आखाँ,कान र दन्त रोग चिकित्सकले सेवा दिएका थिए ।

शिवीरबाट ४ सय ५० जना आँखाका रोगीले उपचार लिएका छन । शिवीरमा आएका उक्त संख्याका रोगी मध्ये १३० जनामा गम्भीर प्रकृतिको मोतियाबिन्दुको रोग देखिएको आयोजक संस्थाका महासचिव डाक्टर रवि प्रकाशले जानकारी दिनुभयो । मोतियाबिन्दुका विरामीलाई विराटनगर आँखा अस्पतालको सहयोगमा निशुल्क अप्रेशन र औषधि उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।

यस्तै शिवीरबाट ६० जना कानका विरामी र २२ जना दाँतका विरामीले उपचार सेवा लिएको जनाईएको छ । अमडुवा भारतीय सिमाक्षेत्र संग जोडिएको बस्ती भएकाले भारतीय क्षेत्रबाट समेत उल्लेख्य संख्याका विरामीहरु शिविरमा सेवा लिन आएका थिए ।

ग्रामिण क्षेत्रका बासिन्दा अहिलेपनि गुणस्तरिय स्वास्थय सेवा बाट उपेक्षित रहनुपरेकाले आफुहरुले समेत शिविरमा सहयोग गरेको सहयोगि संस्था लायन्स क्लब प्रोफेश्नल,विराटनगरका डिल्ली प्रसाईले बताउनुभयो । शिवीरमा होमियोपैथी उपचार पद्धतिबाट समेत १५० जनाले उपचार सेवा लिएको आयोजक संस्थाका अध्यक्ष डाक्टर रविन्द्र रायले जानकारी दिनुभयो ।

सेवा लिएका विरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । डाक्टर टिएन रायको ४६ औं पुण्य तिथिको अवसरमा स्वास्थ्य शिवीर आयोजना गरिएको हो ।  डाक्टर रायको स्मृतिमा आयोजक संस्थाले वितेको २ दशक देखी बृहत स्वास्थय शिवीर आयोजना गर्दै आएको आयोजक संस्थाका महासचिव डाक्टर रविप्रकाश रायले जानकारी दिनुभयो ।

बृहत स्वास्थ्य शिवीर आयोजनामा विराटनगर आँखा अस्पताल,नेपाल रेडक्रस सोसाईटी र लायन्स क्लब अफ प्रोफेश्नलले सहयोग गरेका छन ।

सो अवसरमा आयोजना गरिएको रक्तदान शिवीरबाट ११ पिन्ट रक्त समेत संकलन भएको आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खबरहरु