विराटनगर । मैथिली भेषभुषा र संस्कृति झल्काउने उद्धेश्यसहित निर्माण गरिएको चौवनिया मुस्कान शिर्षकको गीत सार्वजनिक भएको छ ।

छिन्नमस्ता फिल्म्सको ब्यानरमा निर्माण भएको यो गीत सोहि फिल्म्सको यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । देवर भाउजु बीचको परम्परागत छेडखानी सम्बन्धलाई चित्रणगरि यो गीत निर्माण गरिएको छ ।

‘घोघे तर सँ मारैछियै चौअनिया मुस्कान’ शिर्षकको यो गीत सरोज मण्डलले लेख्नुभएको छ । यस्तै संगितकार शैलेन्द्र कुमार विश्वकर्मा रहनु भएको छ भने रेकर्डिस्ट एस.एल.मैथिल रहनुभएको छ ।

गीतमा कोरियोग्राफर संजय साह,श्रृंगार कृष्ण सुवेदी र छायांकन जोसन थापाको रहेको छ । गीतमा सानु माया यादव र राजु पण्डितले स्वर दिनुभएको छ ।

यो गीतको निर्देशन राजु राजदेव चौधरीले गर्नुभएको छ भने गीतमा निरज चौधरी,माही तनवीर खान र राजदेव चौधरीको अभिनय रहेको छ ।

देवर र भाउजु बिचको परम्परागत छेडखानी युक्त सम्बन्ध झल्काउन यो सांगितिक भिडियो निर्माण गरिएको निर्देशक चौधरीले बताउनुभयो ।

पछिल्लो समय गीत संगीतको नाममा अश्लिलता पस्कने परिपाटिलाई तोड्दै विशुद्ध पारिवारिक सम्बन्ध पस्कने हिसाबले गीत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु