विराटनगर । मैथिली अनलाइनको ब्यानरमा निर्माणाधिन ‘दिल तोड्नी छे तुँ,मन मोहनी छे तुँ’ म्युजिक भिडियोको गीत रेकर्डिङ सम्पन्न भएको छ ।
राजविराजको मिशन स्टुडियोमा पुस ७ गते उक्त गीतको रेकर्डिङ सम्पन्न भएको हो । मैथिली भाषाको बिरह रसको सो गीत मैथिली अनलाईनका संचालक समेत रहनुभएका नवीन कर्णले लेख्नु भएको छ भने स्वर मिथिला पुत्र भागवत मण्डलको रहेको छ ।
बि.एम. म्यूजिकको संगित रहेको यस गीतको सुरेश कुमारले म्यूजिक एरेन्ज गर्नु भएको छ भने उहाँ नै यस गीतको रेकर्डिस्ट समेत रहनु भएको छ । निर्माण पक्षले आउदो केहि दिनभित्रै यस गीति भिडियोको छायाँकनको तयारी समेत गरेको छ । प्रदेश एकका रमणिय स्थलहरुमा भिडियो छायांकन गरिने छ ।
यतिखेर कलाकारहरुको चयनको काम भइरहेको जनाईएको छ । युवा श्रोता तथा दर्शकलाई लक्षितगरि निर्माण गर्न लागिएको उक्त गीति भिडियो अंग्रेजी नया बर्ष २०२३ को पहिलो साता रिलिज गने गरि तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
मैथिली अनलाइनको यूट्युब च्यानल मार्फत उक्त गीति भिडियो सार्वजनिक गरिने निर्माता समेत रहनु भएका कर्णले जानकारी दिनुभएको छ । थप गीतहरुको रेकर्डिङको क्रम समेत जारी रहेको कर्णले बताउनुभयो ।