विराटनगर । ज्येष्ठ नागरिकका सवालहरु सम्बोधनगर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पुर्व सन्ध्यामा नेपाल ग्रामीण समाज विकास केन्द्र र १ नम्बर प्रदेश ज्येष्ठ नागरिक महासंघले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्नुहुदै विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्योपानेले आफ्नै परिवारमा ज्येष्ठ नागरिकहरु अपहेलित हुने अवस्था रहेको बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने विषयमा परिवारहरुमा सचेतन फैल्याउनुपर्ने आवस्यकता रहेको उहाँको भनाई थियो । आफु सम्बद्ध वडाले ज्येष्ठ नागरिकलाई लक्षितगरि विभिन्न सुबिधाहरु उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।
नेरुडेका अध्यक्ष डाक्टर भेषप्रसाद धमलाले नेपालमा ज्येष्ठ नागरिक सम्बन्धि विभिन्न ऐनकानुन रहेपनि प्रभावकारी रुपमा कर्यान्वयन नहुँदा समस्या देखिएको बताउनुभयो ।
बिदेशहरुमा ज्येष्ठ नागरिकहरुलाइ अत्यन्तै सम्मान गरिने भएपनि नेपालमा त्यस्तो अबस्था नरहेको आफुले पाएको उहाँले बताउनुभयो । आयोजक संस्था नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणी कुमार अज्र्यालले सरकारी कार्यालयहरु ज्येष्ठ नागरिक मैत्री नरहेको बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकका सवाल सम्बोधनगर्न ज्येष्ठ नागरीक मन्त्रालय स्थापना गर्नुपर्ने आवश्यकता देखिएको बताउनुहुँदै अज्र्यालले ज्येष्ठ नागरिकका अधिकारहरुको बिषयमा ब्यापकरुपमा जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश एकका प्रमुख पवन भट्टले ज्येष्ठ नागरिकको अनुभवबाट राज्यले लिनसक्ने लाभ लिन नसकेको बताउनुभयो । राज्य थप जिम्मेवार हुनुपर्ने आवश्यक्ता रहेको उहाँले बताउनुभयो । साहित्यकार एवम पत्रकार मीनकुमार नवोदितले युवाहरु बिदेश पलायनहुने बाध्यताले समेत ज्येष्ठ नागरीकका समस्या थप बल्झिदै गएको बताउनुभयो । बिदेश गएकाहरु पाको उमेरमा फर्किएपछि स्थिति थप बल्झिने उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश एककी सूचना अधिकारी गीता दाहालले ज्येष्ठ नागरीकका अधिकारहरु र अवस्था बिषयका कार्यपत्र प्रस्तुत गर्नुभयो । यस्तै बरिष्ठ पत्रकार यज्ञ शर्माले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई पठाउन लागेको ११ बुँदे ज्ञापनपत्र पढेर सुनाउनुभयो ।
यहि पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरीक दिवस मनाईने छ ।