विराटनगर । जनता समाजबादी पार्टीबाट प्रतिनिधि सभा सदस्यको टिकट लिएर फर्किएका राजकुमार यादवको विराटनगरमा भब्य स्वागत गरिएको छ ।
नेकपा एमाले र जनता समाजबादी पार्टीको गठबन्धनबाट मोरङ क्षेत्रनम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको टिकट लिएर फर्किएका यादवको विराटनगर विमानस्थलमा स्वागत गरिएको हो ।
टिकट सहित फर्किएका यादवलाई विमानस्थल पुगेका जनता समाजबादी पार्टीका जिल्लास्तरिय नेता तथा कार्यकर्ताले फुलमाला र दोसल्ला सहित स्वागत गरेका थिए ।
सो अवसरमा बोल्नुहुँदै यादवले मोरङ क्षेत्रनम्बर ५ किसान बहुल क्षेत्र रहेको तथा उक्त क्षेत्रमा रहेका अनेकौं उद्योग धन्दाहरु समेत बन्द अवस्थामा रहेकाले किसान तथा उद्योगहरु सुचारुगर्ने लगायतका एजेण्डा सहित आफुले उम्मेद्वारी दिने बताउनुभयो । यादव जनता समाजबादी पार्टी नेपालका मोरङ अध्यक्ष समेत हुन ।
नेकपा एमाले र जसपा सहमति अनुसार जसपाले मोरङमा प्रतिनिधि सभा अन्र्तगत क्षेत्र नम्बर ५ का साथै प्रदेश सभा अन्र्तगत ४ (ख),५ (ख) र ६ (ख) को सिट प्राप्त गरेको छ ।