विराटनगरस्थित कालीमन्दिरमा यसबर्षको दशैंमा ४ हजार ६ सय बढी पशुपंक्षिको बलि प्रदान भएको छ ।
यसबर्ष १,५७७ बोका र ३,०३६ वटा हाँस,कुखुराहरुको बली प्रदान भएको काली मन्दिर बलि ब्यवस्थापन समितिले जनाएको छ । नवरात्र अन्र्तगतको षष्टी,सप्तमी,अष्टमी,नवमी र दशमीको अवधिसम्ममा ४,६१३ वटा बलि प्रदान भएको हो ।
बलि प्रदानबाट ३,१७,३५० रुपैया संकलन भएको समितिले जनाएको छ । बलि ब्यवस्थापन समितिले बलि प्रदान बापत बोकाको प्रतिगोटा १०० र हाँस कुखुराको ५० रुपैयाको दरले बलि प्रदान शुल्क संकलन गरेको जनाईएको छ ।
संकलित रकम मन्दिर मुल समितिलाई हस्तान्तरण गरिएको बलि शाखाका गणेश साहले जानकारी दिनुभयो । गएको बर्ष सो मन्दिरमा १,६६८ बोका र ३,७०७ वटा हाँस र कुखुराको गरि ४,३७५ वटा पशुपंक्षिको बली प्रदान भएको साहले जानकारी दिनुभयो ।
गएको बर्षभन्दा यसबर्ष २३८ वटा बढी पशुपंक्षिको बली प्रदान भएको हो ।