विराटनगर । आज विश्व मुटु दिवस, विराटनगरमापनि मनाईएको छ ।

सो अवसरमा चिकित्सक,स्वास्थ्यकर्मी र मेडिकल प्रतिनिधिहरुको समुहले विराटनगरमा जनचेतनामुलक दौड आयोजना गरेको छ । कोशी अस्पतालबाट शुरु भएको दौडका सहभागि शनिहाटबाट तिनपैनीचौक,मेनरोड,जलजलाचोकहुँदै फेरी कोशी अस्पतालसम्म पुगेका थिए ।

दौडमा ३ दर्जन बढी चकित्सक सहित स्वाथ्यकर्मी र मेडिकल प्रतिनिधिहरु सहभागि भएका छन । पछिल्लो समय विश्वभरिका साथै नेपालमा समेत मुटुका रोगीहरु बढदै गएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । असल जीवनशैली,ब्यायाम र औषधिको सेवनबाट मुटुलाई स्वस्थ्य राख्न सकिने उहाँले बताउनुभयो ।

सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि केहि वर्षयता सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।

नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरिन्छ ।

सम्बन्धित खबरहरु