विराटनगर । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गर्नुभएको छ ।
विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागर्दै आफुले पार्टी परित्याग गरेको जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्नुहुँदै कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालिमा नभई अलोकतान्त्रीक सर्वसत्ताबादी प्रवृतिबाट संचालित रहेको आरोप लगाउनुभयो ।
उहाँले पार्टी स्वेच्छाचारीरुपमा संचालन गरिएको र खस आन्दोलनलाई धोका दिने काम भएकोले आफुले पार्टी परित्याग गरेको बताउनुभयो । जसपामा समाहित हुनुअघि कार्कीले खस समावेशी राष्ट्रिय पार्टीको नेतृत्व गरिरहनु भएको थियो । १० बर्ष अघि सो पार्टी जसपामा समाहित भएको थियो ।
जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफुले बिगतमा उठाउँदै आएका मुद्धाहरुलाई थप प्रभावकारीरुपमा अगाडि बढाउदै राष्ट्रिय मुक्तीको अभियानमा जुट्ने उहाँले बताउनुभयो ।
नेता कार्कीले खस,मधेशी र आदिवासी लगायत अन्य विभिन्न मुद्धाहरुलाई उठानगर्न पहिचानबादी नयाँ पार्टी गठनगर्ने समेत जानकारी दिनुभयो ।