विराटनगर । अपाङ्ता भएका ब्यत्तीहरुलाई सहभागि गराएर विराटनगरमा क्षमता विकास सम्बन्धि दुईदिने तालिम शुरु भएको छ ।

द लेप्रोसी मिशन नेपालको फाउण्ड परियोजना र राष्ट्रिय अपाङ महासंघको आयोजनामा अपाङता भएका ब्यक्तीहरुकालागि दुईदिने आवासिय तालिम शुरु भएको हो । तालिममा मोरङ र सुनसरीका विभिन्न पालिकाका ३० जनाको सहभागिता छ ।

तालिममा अपाङताको परिभाषा,पहिचान,प्रकार र समावेशीकरणलाई आधार बनाउँदै अपाङता अधिकार,सम्बन्धित ऐन तथा नियमावली सहित सेवासुविधाका बिषयमा स्पष्ट पारिने जनाईएको छ । यस्तै प्रदेश,स्थानिय तहमा कानुनी व्यवस्था तथा विनियोजित बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका बिषयमा जानकारी गराईने छ ।

सहभागिलाई अन्तरवार्ता र प्रस्ुतुतिकरण शैलिमा सुधार ल्याउन आवश्यक सहजीकरण समेत गरिने आयोजक द लेप्रोसी मिशनका प्रदेश प्रमुख विपिन दासले जानकारी दिनुभयो । यसैगरि दस्तावेजीकरण गर्ने सिपको विकास र योजना तर्जुमा प्रक्रियाका बिषयमा समेत जानकारी गराईने उहाँले बताउनुभयो ।

सहभागिलाई राष्ट्रिय अपाङ महासंघका नविन ढुंगेल,सन्तोष पण्डित र मिशनका प्रदेश प्रमुख दास लगायतले प्रशिक्षण दिनुहुने जनाईएको छ । तालिम आयोजक संस्था सहित विभिन्न संघसंस्थाको सहकार्यमा आउदो कात्तिक १८ र १९ गते विराटनगरमा आयोजनागर्न लागिएको अपाङ्ता समावेशी रोजगार मेलालाई थप प्रभावकारी बनाउन समेत यो तालिमबाट मद्धत मिल्ने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा फाउण्ड परियोजनाका उत्तम राई र महेश खत्री लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु