विराटनगरथित नेपाल ग्रामिण विकास समाज केन्द्र (एनआरडिएससी)ले अल्जाइमर अर्थात बिर्सिने रोग सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ ।
केन्द्रले आयोजना गरेको अल्जाईमर्स डिस्मेन्सिया सम्बन्धि सचेतना कार्यक्रमको प्रदेश एकका स्वास्थ्यमन्त्री जयराम यादवले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर विशाल देवले अल्जाइमर्स अर्थात डिमेन्सिया स्नायु प्रणालीमाहुने गम्भीर प्रकारको रोग रहेको बताउनुभयो ।
यो रोग बृद्धावस्थाका मानिसहरुलाई मात्र नभई जोसुकै लाग्न सक्ने उहाँले बताउनुभयो । एकपटक यो रोग लागेपछि निको नहुने जानकारी दिनुहुँदै उहाँले यो रोगबाट बच्न जानकारी र सचेतना नै महत्वपुर्ण रहेको बताउनुभयो । स्वास्थ्य मन्त्री यादवले बिर्सिने रोगबाट जोगिन आहार,बिहार र ब्यायाममा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले बेलाबेलामा रक्तचापको जाँच र शरिरको तौल नियन्त्रण लगायतका बिषयमा समेत ब्यक्ती सचेत रहनुपर्ने बताउनुभयो । ग्रामिण विकास समाज केन्द्रका सभापति मणिकुमार अज्र्यालले एनआरडीएससीले अल्जाईमर रोगबाट बिशेषगरि जेष्ठ नागरीकहरु बढी प्रभावित हुने गरेकाले विज्ञलाई सहभागिलाई सेचतना कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले आफ्नो संस्थाले जेष्ठ नागरीक लक्षित दिवासेवा,स्वास्थ्य उपचार लगायतका विभिन्न कार्यक्रमहरु संचालनगर्दै आएको बताउनुभयो । सन् १९९४ देखी हरेकवर्ष सेप्टेम्बर २१ का दिन विश्व अल्जाईमर सचेतना दिवसकारुपमा मनाईदै आइएको छ । एलोइस अल्जाइमर्स भन्ने व्यक्तिले आजभन्दा ११४ वर्ष पहिले यो रोग पत्ता लगाएका थिए ।
अल्जाइमर्स मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरूकता, मनन तथा व्यवहारमा कमी हुदैं जाने रोग हो । प्रायःजसो ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी रहने जनाइएको छ । कार्यक्रममा नेरुडे लघुबित्तका अध्यक्ष डाक्टर भेषप्रसाद धमला सहित जेष्ठ नागरीकहरुको सहभागिता थियो ।
कार्यक्रमका सहभागि जेष्ठ नागरीकहरुले अल्जाईमरका बिषयमा आफुसंग भएका जानकारी र अनुभव समेत आदान प्रदान गरेका थिए ।