विराटनगर । २ लाख पिन्ट रक्त संकलनगर्ने उद्धेश्यका साथ विश्वका ३८ राष्ट्रहरुका साथै विराटनगर सहित नेपालका ७ वटा शहरहरुमा एकैसाथ रक्तदान शिविर आयोजना गरिएको छ ।

विश्व किर्तिमान बनाउने उद्धेश्यसहित मेगा ब्लड डोनेसन ड्राईभ आयोजना गरिएको हो । तेरापंथ युवक परिषद विराटनगरले शनिवार विराटनगरको जैन भवन र भाटभटेनी परिसरमा रक्तदान कार्यक्रमको आयोजना ग-यो । देशभरि रहेका परिषदका अन्य संगठनहरुले समेत देशका विभिन्न ७ शहरमा सोहि समयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सो क्रममा एकैसाथ ११३७ पिन्ट रक्त संकलन भएको छ । मेगा ब्लड डोनेशन ड्राईभ शिर्षकमा आयोजना गरिएको शिवर अन्र्तगत बिरगंजबाट ४२३ पिन्ट,काठमाण्डौबाट २८४,विराटनगरबाट १८५,भैरहवाबाट १०८,धुलाबारीबाट १०२,धरानबाट ३० र राजविराजबाट ५ पिन्ट रक्त संकलन भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा किर्तिमान राख्ने उद्धेश्यसहित नेपालका ७ वटा शहर र विश्वका विभिन्न ३८ देशमा एकैसाथ एकैपटक शिविर आयोजना गरिएको विराटनगर संयोजक विनय पारखले बताउनुभयो ।

विराटनगरसहित देशका विभिन्न शहरमा शिविर आयोजना गरिएकै समयमा भारत,भुटान,बंगलादेश सहितका विश्वका ३८ वटा मुलुकमा सोहि समयमा रक्तदान आयोजना गरिएको थियो । अखिल भारतीय तेरापंथ यूवक परिषदको आव्हानमा विश्व सहित नेपालका विभिन्न शहरमा शिवीर आयोजना गरिएको हो ।

संसारभरि २ हजार बढी क्याम्प राखेर एकैदिनमा २ लाख पिन्ट रगत संकलनगरि विश्व किर्तिमान राख्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको हो । किर्तिमान कायमगर्नुका साथै संक्रामक रोगहरुका कारण भएको रगतको अभाव परिपुर्तिगर्न कार्यक्रम आयोजना गरिएको अखिल भारतीय तेरापंथ युवक परिषदका नेपाल प्रभारी जिनेन्द्र नौलखाले जानकारी दिनुभयो ।

मानविय सेवाका साथै विश्व किर्तिमानमा समेत सहभागि हुन पाउनेभएपछि निर्धारित लक्ष्य पुरागर्न युवक परिषदका सदस्य र पदाधिकारीहरु जैन भवन सामुन्नेबाट हिडिरहेका बटुवा,विद्यार्थी,सवारी चालक र सर्वसाधारणलाई रक्तदानमा सहभागि हुन अनुरोध गरिरहेका थिए ।

शिविर राख्नु अघि नै विभिन्न कलेजमा पुगेर कार्यक्रमका बिषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको आयोजक संस्थाका सचिव मोहित लालवानीले बताउनुभयो ।

यसअघि २०१४ को गिनिज बुक रेकर्ड अनुसार एकैपटकमा १ लाख पिन्ट रगत संकलन गरिएको वल्र्ड रेकर्ड छ ।

सम्बन्धित खबरहरु