विराटनगर । ब्यापारीहरुको संस्था विराट ब्यापार संघले जोगबनी सिमानाका हुँदै हुने चोरीपैठारी नियन्त्रण गर्न माग गरेको छ ।

संघले सो बिषयमा केन्द्रीय सरकार र मोरङ प्रशासनलाई ध्यानाकर्षण गराएको छ । संघ आबद्ध ब्यापारीहरुको एक प्रतिनिधि मण्डलले संघीय अर्थ मन्त्रालयलाई ज्ञानपत्रपत्र पठाउनुका साथै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई समेत सो बिषयमा ध्यानाकर्षण गराएका हुन ।

विराट ब्यापार संघका अध्यक्ष नरेशकुमार खत्रीले चोरी पैठारीका कारण यसक्षेत्रका ब्यापारीहरु मर्कामा परेको बताउनुभयो । त्यतिमात्र नभई चाडबाड नजिकिदैगर्दा उपभोक्ताहरु समेत सिधै जोगबनी बजार गएर किनमेलगर्दा विराटनगरका ब्यापारीहरु ठुलो मारमा परेको बताउनुभयो ।

अध्यक्ष खत्रीले चोरी पैठारीमा गिरोहहरु नै सक्रिय रहेकाले पनि भन्सार तिरेर मालसामान ल्याउने ब्यापारीहरु झन घाटा बेहोरिरहेको गुनासो गर्नुभयो । संघका महासचिव प्रवीण अग्रवालले राज्यले निर्धारण गरेका सबै प्रकारका कर तिरीरहेका ब्यापारीहरुको ब्यापार चोरी पैठारीकै कारण धराशायिहुने अवस्थामा पुगेको बताउनुभयो ।

सिमामा खटिएका प्रहरीहरुले कडाई नगरिदिदा खुला सिमानाबाट चोरी पैठारीहुँदै दैनिक करोडौं मुल्य बराबरका सरसामान भित्रिने गरेको दाबी गर्नुभयो । प्रत्यूत्तरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भारतसंग खुला सिमाना रहेका कारण ब्यवस्थापनमा चुनौती देखिएको बताउनुभयो ।

यद्यपि चोरीपैठारी नियन्त्रण गर्न हरसम्भव प्रयास गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दाहालले वारीपारी मुल्यको ठुलो अन्तर रहेकाले समेत उपभोक्ताहरु जोगबनीतर्फ किनमेलकालागि जाने गरेको एक अध्ययनमा देखिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालले चोरीपैठारीलाई निरुत्साहितगर्न प्रहरीप्रशासन चनाखो रहेको बताउँदै सुचना आएको बखत छापामार्ने र त्यस्ता अवैध सामाग्रि बरामदगर्ने काम समेत भईरहेको बताउनुभयो । उहाँले चोरीपैठारी नियन्त्रणगर्न आवश्यक थप पहलका निम्ति संघ आबद्ध ब्यापारी र प्रहरी प्रशासनबीच छलफलगर्न समेत आव्हान गर्नुभयो ।

कार्यक्रममा संघका उपाध्यक्षद्वय चन्द्रप्रसाद अधिकारी,प्रमोद जिन्दल र पुर्वअध्यक्षहरु शिवप्रसाद रिजाल र रामजीवन अग्रवाल लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु