विराटनगर । हिन्दुत्वको संरक्षणको उद्धेश्यसहित गठित श्रीहरि सत्संग समिति नेपालको विराटनगर र बिर्तामोड च्याप्टर गठन भएको छ ।

समितिको हालै बिर्तामोड तथा बिराटनगरमा भएको भेलाले समाजसेवी उमेश डालमियाको अध्यक्षतामा बिर्तामोड च्याप्टर र समाजसेवी श्रवण अग्रवालको अध्यक्षतामा बिराटनगर च्याप्टरको गठन गरिएको छ । समितिको भारतका राष्ट्रिय महामन्त्री सि.ए. अनिल मान सिंह तथा सिलीगुडी च्याप्टरका सचिव सुनिल सिंहल समेतको उपस्थितिमा बिराटनगर तथा बिर्तामोड च्याप्टर गठन गरिएको हो ।

यसअघि देखीनै समाजसेवी भीखमचन्द सरलको अध्यक्षतामा राष्ट्रिय समिति तथा ललित बजाजको अध्यक्षतामा मधेस प्रदेश समिति गठन गरिसकिएको जनाईएको छ । सत्सङ, भजन–किर्तन,कथा र प्रवचनको माध्यमले हिन्दुत्वको संरक्षण सम्बद्र्धन, संस्कार, शिक्षा तथा धर्म परिवर्तन विरुद्ध जनजागरण तथा राष्ट्रियता जगेर्नागर्ने मुख्य उद्देश्यले संचालित समितिले आफ्ना १२५ बढी कार्यकर्ताहरू मार्फत देशभरी आफ्नो अभियानहरु संचालित गर्दै आएको जनाईएको छ ।

च्याप्टर घोषणा कार्यक्रममा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्य,समाजसेवी मुलचन्द राठी, महासचिव रामजीवन अग्रवाल,श्रवण अग्रवाल,सिलीगुडीका सुनिल अग्रवालले सन्थाको उद्देश्य तथा नेपालमा बढिरहेको धर्मान्तरणका बिषयमा मनतब्य राख्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै विशेष अतिथि अनिल मान सिंहले नेपालमा गठित श्रीहरिलाई भारतले हरेक किसिमले सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमकाबीच समाजसेवी रामेश्वरलाल काबरा,देवेनरा परिवार र समाजसेवी दीनबन्धु गोयलले संस्थाको संरक्षत्व ग्रहण गर्नुभयो ।

हाल श्रीहरिका बिराटनगर,जनकपुर र नेपालगन्ज गरी ३ ठाउँमा कार्यालयहरू रहेका छन । नयाँ कार्यकर्तालाई प्रशिक्षणको उद्धेश्यसहित भाद्र १२ गतेदेखि नेपालगन्जमा २० दिनको प्रारम्भिक प्रशिक्षण वर्ग संचालन भईरहेको संगठनका राष्ट्रिय प्रभाग प्रमुख बिरेन्द्र बुढाथोकीले जानकारी गराउनुभयो ।

श्रीहरिसत्सङ समिति नेपालको स्थापना २०७९ माघ वसन्त पन्चमीको दिन भएको जनाईएको छ ।

सम्बन्धित खबरहरु