मैथिल सञ्चारकर्मी संघका सचिव एवम् पत्रकार वीरेन्द्र साहले २ जना मेधावी छात्रछात्राको अभिभावकत्व ग्रहण गरेका छन ।

पत्रकार साहले सुनबर्षी नगरपालिकाको वडानम्बर बस्ने २ कविताकुमारी शर्मा र २ सन्तोष ठाकुरको पठनपाठन खर्चको जिम्मा लिएका छन । विद्यार्थी शर्मा र ठाकुर सुनबर्षी नगरपालिकाको वडानम्बर २ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ३ र मा अध्ययन गर्दै आएका छन ।

उनिहरुको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जनाईएको छ । यद्यपि यि दुई विद्यार्थी पढाईमा मेधावी छन । पत्रकार साहले शर्मा र ठाकुरलाई प्राथमिक कक्षादेखी स्नातक तहसम्म अध्यनअध्यापन गराउँदा लाग्ने सम्पुर्ण खर्च बेहोरिदिने प्रतिबद्धता सहित अभिभावकत्व ग्रहण गरेका छन ।

पत्रकार साह स्वयंपनि सोहि विद्यालयका पुर्व विद्यार्थी हुन । साहले ती विद्यार्थीहरु अध्यनरत रहेको विद्यालयसंग सो बिषयको लिखित सम्झौता गरेका छन । पत्रकार साह स्वयंपनि न्यून आर्थिक श्रोत रहेको परिवारमैं हुर्किएका यूवा हुन ।

आफुले जिम्मा लिएका दुई विद्यार्थी पठनपाठनमा अब्बल रहेपनि उनिहरुका अभिभावक अति न्यून आय भएका ब्यक्ती रहेकाले ती विद्यार्थीहरुको पठनपाठनमा आर्थिक अवस्थाकै कारण कुनै समस्या नआओस उद्धेश्यसहित आफुले अभिभावकत्व ग्रहण गरेको साहले बताउनुभयो ।

पत्रकार साह विराटनगरलाई केन्द्र बनाएर राष्ट्रिय तथा स्थानिय संचारमाध्यममा पत्रकारिता गर्दै आएका छन । सुनबर्षी नगरपालिका वडानम्बर २ उनको स्थायी ठेगाना हो ।

पत्रकारिताकै माध्यमबाट साहले दीनदुखी र आसाध्य रोगका विरामीहरुको उपचारकानिम्ति अभियान समेत चलाउँदै आएका छन ।

सम्बन्धित खबरहरु