विराटनगर । विराटनगरस्थित नेपाल ग्रामीण विकास समाजकेन्द्र (एनआरडिएससी) ले निːशुल्क ज्येष्ठ नागरीक हेल्थ क्लिनिक संचालन गरेको छ ।
समितिले विराटनगर ९ मा संचालन गर्दै आएको ब्रह्मज्ञानी विश्रामालयमा एकदिने निːशुल्क ज्येष्ठ नागरीक हेल्थ क्लिनिक संचालन गरेको हो । कार्यक्रमकाबीच ज्येष्ठ नागरीकहरुको आँखा जाँच तथा स्वास्थ्य परीक्षण गरिएको थियो ।
संजीवनी आई केयर प्रालिको प्राबिधिक सहयोगमा ज्येष्ठ नागरीकहरुको आखाँ परीक्षण गरिएको हो । निːशुल्क ज्येष्ठ नागरीक हेल्थ क्लिनिकबाट एकसय जना ज्येष्ठ नागरीकहरुले आँखा जाँच र स्वास्थय परीक्षण सेवा लिएको आयोजक संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालले जानकारी दिनुभयो ।
आखाँ जाँच गराउन आएका ज्येष्ठ नागरीकहरुलाई चश्मा र औषधि समेत निशुल्क उपलब्ध गराइएको उहाँले बताउनुभयो । संजिवनी अस्पतालका आँखा रोग विशेषज्ञ डाक्टर संजीवकुमार यादव नेतृत्वको टोलीले ज्येष्ठ नागरीकहरुको आँखा परीक्षण गरेको थियो ।
शिवीरमा आएका विरामीमध्ये शल्यक्रियाको आवश्यकता भएकालाई ५० प्रतिसत छुटमा अस्पतालमैं लगेर शल्यक्रिया गराईने डाक्टर यादवले बताउनुभयो । यसैबीच आयोजक संस्थाले कार्यक्रमकैबीच विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको छ ।
सो अवसरमा महानगर प्रमुख नागेश कोईराला,उपप्रमुख शिल्पा कार्की,विराटनगर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतसहित वडानम्बर ९ का निर्वाचित अन्य सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
आयोजक एनआरडीएससीका अध्यक्ष अज्र्यालले उहाँहरुलाई सम्मान गर्नुभयो ।