विराटनगर । विराटनगरस्थित न्यूरो अस्पताल प्रालिले स्टाफ नर्सहरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
अन्र्तराष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारेर न्यूरोले कार्यक्रम आयोजना गरेको हो । प्रत्येकबर्ष १३ मईका दिन अन्र्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । १३ मई अर्थात बैशाख ३० का दिन यसपटक स्थानीय तहको निर्वाचनको दिन परेकाले केहि ढिलागरि नर्सिङ दिवसको कार्यक्रम आयोजना गरिएको न्यूरो अस्पताल प्रालिका अप्रेश्नल डाईरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।
स्थानिय एक निजी पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमकाबीच उत्कृष्ट कार्य सम्पादनगर्ने ५० जना नर्स र ३ जना ईन्चार्जहरुलाई अस्पतालले सम्मान गरेको मेट्रोन सुम्निमा घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमकाबीच न्यूरो अस्पतालका चेयरमैन डाक्टर बिरेन्द्र बिष्ट र एक्ज्युकेटिभ डाईरेक्टर अनिसा बिष्ट लगायतले नर्सहरुलाई दोसल्ला र कदरपत्र सहित सम्मान गर्नुभयो ।
कार्यक्रमकाबीच अस्पतालका बरिष्ठ न्यूरोसर्जन डाक्टर याम बहादुर रोक्का,न्यूरोले संचालन गरेको कोभिड अस्पतालका हेड म्याट्रोन सुम्निमा बस्नेत,नर्सिङ क्याम्पसका डाक्टर टिका निरौला लगायतलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा सहभागि नर्स स्टाफहरुले सरसफाई र स्वास्थय सचेतनासंग सम्बन्धित नृत्य र गीतहरु समेत प्रस्तुत गरे ।
यसैबीच सोहि अवसरमा अस्पतालले गाईनोकोलोजिष्ट डाक्टर शैलजा क्षेत्रीलाई अस्पतालको मेडिकल डाईरेक्टर घोषणा गरेको छ । अस्पतालका चेयरमैन डाक्टर बिष्टले क्षेत्रीलाई मेडिकल डाईरेक्टरकोरुपमा सम्मान गर्नुभयो ।
कार्यक्रमको सन्दर्भ पारेर न्यूरोका नर्स स्टाफहरुले अस्पतालमा बिर्सजन हुने फोहोरबाट कलात्मक आकृतिहरु बनाएर प्रर्दशन समेत गरेका थिए । सो अस्पतालमा दुईसय बढी नर्स स्टाफहरु कार्यरत रहेको जनाइएको छ । न्यूरो अस्पतालले विराटनगरको महेन्द्रचोकमा ३ सय शैयाको नयाँ अस्पताल भवन निर्माण गर्न लागेको सो अवसरमा जनाईएको थियो ।
आउदो असोजबाट अस्पताल भवनको निर्माण शुरु भएर ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अप्रेश्नल डाईरेक्टर भट्टराईले जानकारी दिनुभयो ।