कटहरी । कटहरी ३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका जदुलाल कामत निर्वाचित हुनु भएको छ । सो वडामा कामतको नेतृत्वमा काँग्रेसको पुरै प्यानल निर्वाचित भएको छ ।

कामत ९५६ मत सहित निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमोदकुमार कामतले ६२८ मत प्राप्त गर्नुभयो ।

यसअघि २०७४ को निर्वाचनमा समेत विजयी हासिल गर्नुभएका जदुलाल दोश्रो कार्यकालकालागि वडाध्यक्षमा पुन निर्वाचित हुनुभएको हो ।

कामतसंगै वडानम्बर ३ को वडासदस्य पदमा बल्सीदास तत्मा,शंकर पासवान,महिला सदस्यमा सुलेखादेवी गनगाई र दलित महिला सदस्यमा दुखनीकुमारी पासवान निर्वाचित हुनुभएको छ ।

कटहरी ३ मा वडाध्यक्षका अन्य दलका उम्मेदवार मध्ये राप्रपाका शंकर पासवानले ३९७,माओबादी केन्द्रका दिपेशकुमार कामतले १८७,जसपाका अहिल्या कुमारीले १०४ र जनमत पार्टीका महेश कामतले १५ मत हासिल गरेका छन ।

सम्बन्धित खबरहरु