विराटनगर २ बैशाख । बहुचर्चित मैथिली गितिभिडियो ‘बिदेश हम जाएब कमाएला रुपैया,हिराके हार लेने अएबौ गे गोरिया’ बोलको सन्देश मुलक गीत सार्वजनिक गरिएको छ ।
विराटनगर–१ को बिजयपुरटोलमा बैशाख १ गते नयाँबर्ष,जुडशितल र सिरुवा पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रमकाबीच यो गिति भिडियो सार्वजनिक गरिएको छ । मैथिली अनलाईनको यूट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।
बिहीबार साँझ आयोजित कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य एवम पुर्व मन्त्री शिवकुमार मण्डलले ल्यापटपमा प्ले बटन थिच्दै यो गितिभिडियो सार्वजनिकीकरण गर्नुभयो । यो गितमा बिदेश जानुपर्ने युवाहरुको बाध्यता र अवस्था समेटिएको छ ।
गितको लेखन कर्ण संजयले गर्नुभएको छ भने भिडियो निर्देशन राजु चौधरीको छ । गितमा प्रबलदीप विश्वास,अनु चौधरी र प्रज्वल कर्णको स्वर छ । यस्तै भिडियोमा पत्रकारद्वय विरेन्द्र साह,नवीन कर्ण र चर्चित अभिनेत्री लजिना सुवेदीले अभिनय गर्नुभएको छ ।
पछिल्लो समय गितसंगितको नाउँमा बिकृति विसंगति र प्यारोडीको क्रम बढदै गएकाले यूवाहरुको वास्तविक अवस्था र सामाजिक परिवेश समेटेर सन्देशमुलक गिति भिडियो निर्माण गरिएको मैथिली अनलाईनका संचालक नवीन कर्णले बताउनुभयो ।
मैथिली अनलाइनको यूट्युब च्यानलमा सर्च गरेर अथवा यस लिंकमा क्लिक गरेर यो गित हेर्न सकिन्छ ।