विराटनगर २२ चैत । मानव स्वास्थ्यको बिषयमा सचेतना जगाउने उद्धेश्यले विराटनगरमा एकदिने सेमिनार सम्पन्न भएको छ ।
योगाचार्य डाक्टर प्रसादको आयोजनामा स्वास्थ्य र खुशी शिर्षकमा एकदिने सेमिनार सम्पन्न भएको हो । स्थानिय बसुन्धरा कम्पलेक्समा सम्पन्न भएको शिवीरमा योगाचार्य प्रसादले मानव स्वास्थ्यसंग सम्बन्धित विविध पक्षहरुका बिषयमा अन्तरक्रिया र चर्चा गर्नुभयो ।
स्वस्थ्य जीवनकानिम्ति संतुलित शाकाहारी आहार,ब्यायाम,सुविचार र आध्यात्म आवश्यक रहेको उहाँले बताउनुभयो । जीवनका यी चारवटै पक्ष ब्यवस्थित नभएसम्म स्वस्थय र खुशी जीवन सम्भव नहुने उहाँको भनाई थियो ।
मानव जीवन विभिन्न १२ आन्तरिक प्रणालीबाट संचालन हुने गरेको बताउनुहुँदै उहाँले ती प्रणालीहरुको शुद्धिकरणका निम्ति योग र प्रणायाम आवश्यक रहेको समेत बताउनुभयो । कार्यक्रममा प्राध्यापक,बुद्धिजीवि र स्थानियको सहभागिता थियो ।