विराटनगर ८ चैत । विराटनगर–८ हाटखोलास्थित आरोहण गुरुकुलको नाट्यशाला भवन आजवाट संचालनमा आएको छ ।

भारतीय राजदुतावास र विराटनगर महानगरपालिकाको सहयोगमा नयाँ भवन निर्माण भएको हो । ३ करोड ५१ लाखको लागतमा निर्माण भएको सो भवनको महानगरपालिकाका प्रमुख भिम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रसान्तकुमार सोनाले सयुक्त रुपमा उद्घाटन गनुभयो । १२ कट्ठामा रहेको सो भवनमा चारसय जना अटाउने क्षमता रहेको छ । सन २०१७ मा शिलान्यास भएको सो भवन पाँचवर्षमा निर्माण भएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले वताउनुभयो ।

उद्घाटन कार्यक्रममा वोल्नुहुदै मेयर पराजुलीले नाट्यक्षेत्र लगायत कला संस्कृतिको विकासमा महानगरपालिकाले धेरै काम गरेको वताउनुभयो । उहाँले नेपाल भारतको सम्वन्ध रोटी र बेटीका साथै जनस्तरको सम्वन्ध रहेको समेत बताउनुभयो । मेयर पराजुलीले आरोहण गुरुकुलको भवनका साथै यसक्षेत्रमा भारत सरकारको अन्य योजनाहरु समेत संचालनमा रहेको वताउनुभयो ।

भारतीय दुतावासका सेकेण्ड सेक्रेटरी सोनाले नाट्यशालाको निर्माण सम्पन्न भएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले कला संस्कृतिको जर्गेनागर्न नाट्यशाला उपयोगि हुने विश्वास ब्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका इन्जीनियर भरतकुमार न्यौपानेले भवनमा एसी लगायत आवश्यक उपकरणहरु चाँडै जडान हुने वताउनुभयो ।

नयाँ भवन बन्नुअघि सो ठाँउमा रहेको सुशिला नाट्यघरमा नाटकहरु प्रर्दशन गर्ने गरिएको थियो ।

सम्बन्धित खबरहरु