विराटनगर ५ चैत । भाषा,कला संस्कृति संरक्षणगर्दै स्थानिय पयंटन प्रर्वद्धनगर्ने उदेश्यले विराटनगरमा आजदेखि ‘विराट राजवंशी महोत्सव मेला–२०७८ शुरु भएको छ ।
विराट राजवंशी प्रगतिशिल विकास समाज समितिको आयोजनामा विराटनगर– ५ स्थित कोचाखालमा विराट राजवंशी महोत्सव शुरु भएको हो । महोत्सवको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले उद्घाटन गर्नुभयो । सो अवसरका वोल्नुहुँदै मेयर पराजुलीले राजवंशी समुदायको आफनो छुट्टै पहिचान रहेकाले आफनो भाषा, कला सस्कृति संरक्षणमा यस्ता महोत्सव उपयोगीहुने वताउनुभयो ।
मेयर पराजुलीले महोत्सवले सवै जाति समुदायलाई जोडने भएकालेपनि महोत्सव सफल वनाउन महानगरको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । आजदेखि शुरु भएको सो महोत्समा चैत १५ गतेसम्म संचालन हुने छ । विराट राजवंशीको संस्कृति अतिक्रमणमापर्दै गएकोले त्यसको संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष किरण राजवंशीले वताउनुभयो ।
दुईवर्ष देखि कोरोनाका कारण आम मानिसमा पु-याएको पिडालाई कमगर्न महोत्सव उपयोगी हुने अध्यक्ष राजवंशीले वताउनुभयो । महोत्वमा विराट राजवंशी समुदायको मौलिक खानपान, पहिरन लगायत बालवालिका तथा युवाहरुको मनोरंजनका लागि झुला, रोटेपिङ सांस्कृतिक कार्यक्रम सहित विभिन्न प्रदर्शनीका ६० वटा स्टल राखिएका छन ।
महोत्सवमा चर्चित गायक सुगम पोखरेल, शिव परियार,इन्दिरा जोशी, प्रमोद खरेल, ज्योती मगर, मेलिना राई, प्रिति आले, प्रकाश सपुत, अनु चौधरी,सन्नु कुमार, प्रवलदिप विश्वास र लक्ष्मण राजवंशी लगायतका कलाकारहरुले दैनिक मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।