विराटनगर ४ चैत । होलीको क्रममा दुर्घटनामापरि मोरंगमा दुईजना किशोरको मृत्यू भएको छ ।

आज (शुक्रबार)दिउसो भएको मोटरसाईकल दुर्घटनामापरि मोरङको ग्रामथान गाउँपालिका १ का दुई किशोरको मृत्यू भएको हो । दुर्घटनामापरि ग्रामथान १ का १८ बर्षिय रिषभ चौधरी र सोहि ठाउँका १६ बर्षिय आलोक विश्वासको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । सो घटनामा सोहि ठाउँका १६ बर्षिय अनिस चौधरी घाईते भएका छन । तीन जना सवार को २५ प ८५५९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

सो घटनामा दुईको मृत्यू र एकजना घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसिले बताउनुभयो । घाईते अनिसको विराट टिचिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यसैबीच सवारी नियम उल्लंघनगरि कुदाइएको ४२० वटा सवारीसाधन कारवाहीमा परेका छन । ति सवारीसाधन जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाईकल ४१३ वटा कारजीप २,ट्रक १ र सिटि सफारी ४ वटा कारवाहीमा परेका छन । यस्तै हुलहुज्जत, झैंझगडा र मापसेगरि सवारीसाधन कुदाउने १० जनालाई समेत जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनका धनिलाई नियम अनुसारको जरिवाना गराईने र नियन्त्रणमा लिइएका मासिहरुको कसुर हेरी कारवाही अघि बढाईने एसपी जिसिले बताउनुभयो ।

सम्बन्धित खबरहरु