विराटनगर २१ फागुन । जनता समाजबादी पार्टीका नेता भुराज राईले आगामि बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारीदिने आकांक्षा ब्यक्त गर्नुभएको छ ।

विराटनगरलाई कर्मथलो बनाई लामो समयदेखी राजनीतिगर्दै आउनु भएका राई हाल जसपाको केन्द्रीय सदस्य हुनुहुन्छ । राईले यसअघि तत्कालिन विराटनगर उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर जिम्मेवारी वहन गरिसक्नु भएको छ । उहाँ निर्वाचित भएर २०५४ सालदेखी २०५९ सालसम्म विराटनगरको उपप्रमुखको जिम्मेवारी वहन गरिसक्नु भएको छ । बिराटनगरको मेयरको यसअघिका निर्वाचनहरुमा महानगरको विकास निर्माणलाई चुनावी एजेण्डाकोरुपमा प्रस्तुत गर्नेगरिएपनि त्यो भन्दा पनि महत्वपुर्ण कुरा शिक्षा र स्वास्थ्यलाई वेवास्तागर्ने गरिएको दाबी गर्नुभयो । जसपा नेता राईले विकास निर्माणको काम नियमित प्रक्रिया अन्र्तगत नै हुनेगरेको बताउनहुँदै अबको एजेण्डा शिक्षा र स्वास्थ्यलाई बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

उपमेयरको रुपमा आफ्नो कार्यकालमा विराटनगरको विकासकालागि गुरु योजना बनाएर कामहरु गरेको उहाँले बताउनुभयो । तत्कालिन समयमा सडक विस्तार, फोहोर व्यवस्थापन तथा ढल निकासको लागि दिर्घकालिन काम भएको समेत उहाँले दाबी गर्नुभयो । बिक्रम सम्बत २०३५ सालदेखी विद्यार्थी जिवनबाट नै राजनीतिक क्षेत्रमा होमिनुभएका राई महेन्द्र मोरङ क्यम्पसको विद्यार्थी युनियन त्यसैगरि स्नाकोत्तर क्याम्पसको विद्यार्थी युनियनको नेतृत्व गरिसक्नु भएको छ । जसपाबाट यसअघि समेत महानगरको मेयरको उम्मेद्वारी दिनुभएका उमेश यादव र जसपाका महानगर अध्यक्ष अम्रेन्द्र यादवको नाम समेत मेयर पदमा चर्चामा रहेको जिज्ञासामा नेता राईले उहाँहरुको बिषयमा आफ्नो कुनै कमेन्ट नरहेको प्रतिक्रिया दिनुभयो ।

नेता राईसंग विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गराएको एक दसकको अनुभव समेत छ । नेता राईले मेयर पदकालागि आफुले आकांक्षा जाहेर गरेपनि निर्वाचनमा हुनसक्ने गठबन्धन र पार्टीको निर्णयलाई भने स्विकारगर्ने बताउनुभएको छ ।

सम्बन्धित खबरहरु