विराटनगर २१ फागुन । विराट राजवंशी प्रगतिशिल विकास समाज समितिले रक्तदान कार्यक्रम गरेको छ ।
समितिले विराटनगर ५ को महाकालेश्वर चोकमा कार्यक्रम गरेको हो । सो क्रममा ३३ पिन्ट रक्त संकलन भएको छ । ब्लड बैंकमा रगतको अभाव भएको कुरा विभिन्न संचार माध्यमहरुबाट थाहा पाएपछि कार्यक्रम गरिएको विराट राजवंशी प्रगतिशिल विकास समाज समितिका अध्यक्ष किरण राजवंशीले बताउनुभयो । रगतको अभाव परिपुर्तिगर्न गएसाता विराटनगर ८ को बुलवाहीमा समेत यसैप्रकारको कार्यक्रम गरिएको र सो कार्यक्रमबाट ३५ पिन्ट रगत संकलन भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समिति आबद्ध पदाधिकारीका साथै स्थानिय सर्वसाधारणले रक्तदान गरे ।
नेपाल रेडक्रस सोसाईटि विराटनगर शाखाको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका दिनेश राजवंशीले बताउनुभयो ।