कटहरी २१ फागुन । कटहरी गाउँपालिकाका ८० बर्ष भन्दा माथि उमेर समुहका एक दर्जन बढी जेष्ठ नागरीकलाई सम्मान गरिएको छ ।
नेपाली काँग्रेस,कटहरी गाउँपालिका वडानम्बर १ कार्यसमितिले आफ्नै कार्यालय परिसरमा आयोजना गरेको जेष्ठ नागरीकलाई सम्मान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम कार्यक्रमकाबीच उनिहरुलाई सम्मान गरिएको हो । कार्यक्रमकाबीच नेपाली काँग्रेसका नेता एवम पुर्वमन्त्री महेश आचार्य,गुरुराज घिमिरे र केन्द्रीय सदस्य कविता सरदार लगायतका आमन्त्रित अतिथिहरुले जेष्ठ नागरीकहरुलाई सम्मान गर्नुभयो । जेष्ठ नागरीकहरुलाई दोसल्ला र पौष्टिक आहार प्रदानगर्दै सम्मान गरिएको नेपाली काँग्रेस,कटहरी गाउँपालिका वडानम्बर १ कार्यसमितिका अध्यक्ष विश्वनाथ माझीले बताउनुभयो । सो क्रममा जेष्ठ नागरीकहरु ईन्दिरा अधिकारी,कोथाई माझी,झक्सि राजवंशी,तेजनारायण राजवंशी,बर्नि देवी थरुनी,लेल्हु माझी र मोहनबतिया राजवंशीलाई सम्मान गरिएको थियो ।
यस्तै भेषराज खनाल,संचलाल चौधरी,सोमनी मुडियारी,हुचिया झाँगर,एकादसी राजवंशी,भगलु माझी र सिर्चनिया राजवंशी लगायतलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । सो अवसरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय नेताहरु महेश आचार्य र गुरुराज घिमिरले हालै पारित एमसिसि परियोजना राष्ट्र हितमा रहेको बताउनुभयो । आसन्न निर्वाचनमा काँग्रेसका कार्यकर्ताहरु एकजुट भएर निर्वाचनमा होमिनुपर्ने बिषयमा समेत उहाँहरुले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका मोरङ उपाध्यक्ष भक्तीनाथ माझी,केन्द्रीय महाधिवेशन प्रतिनिधि देवराज चौधरी,जिल्ला सदस्य विद्यानन्द माझी,प्रदेश कार्यसमिति सदस्य सुचि चौधरी र क्षेत्रनम्बर ४ का सचिव नवीन विश्वास लगायतले बोल्नुभयो ।