विराटनगर १८ फागुन । राष्ट्रिय राजनीति तथा मुलुकको बर्तमान अवस्थाको बारेमा कांग्रेसले विराटनगरमा बृहत विचार गोष्ठिको आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिको आयोजनामा हुने सो कार्यक्रममा नेपाली कांग्रेसका शिर्ष नेताहरुले सम्वोधनगर्ने कार्यक्रम रहेको छ । कांग्रेस महानगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरि सो कुराको जानकारी गराएको हो । फागुन २१ गते शनिवार विराटनगरको मेनरोड स्थित जैन भवनमा साढे ११ बजे कार्यक्रमको आयोजना गरिने जनाइएको छ । कार्यक्रममा १० हजारभन्दा वढि ब्यक्तिको सहभागिता हुने अनुमान गरिएको आयोजक समितिले जनाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रमलाई नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, कांग्रेस नेता महेश आचार्य, डाक्टर मिनेन्द्र रिजाल तथा चन्द्र भण्डारीले संवोधन गर्नुहुने कार्यक्रम तय भएको कांग्रेस महानगर सभापति दिपक चापागाई वताउनुभयो ।

पाँचजना नेताले मुलुकको वर्तमान अवस्थाको बारेमा फरक–फरक विषयमा संबोधन गर्नुहुने महानगर सभापति चापागाईले वताउनुभयो । उहाँले कार्यक्रममा वक्ताहरुले एमसिसि, प्रधान न्यायधिशको बिषय तथा देशको राजनितिक अवस्थाको विषयमा वोल्नु हुने कार्यक्रम छ ।

मुलुकमा अहिले उठेका सवालहरुका विषयमा स्थानियस्तरमा जनताहरुलाई शिर्ष नेताहरुले जानकारी दिनु आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबरहरु