विराटनगर १० फागुन । ईलाम नगरपालिका–१० मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।

मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ बर्षिय प्रदिप कुसवाहा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोमबार राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना भएको थियो ।
दुर्घटनामा कुसवाहाले झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सो घटनामा गम्भिर घाईते भएका ४० बर्षिय धुरुप कुसवाहाको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु