विराटनगर ६ फागुन । उदयपुरको बेलका नगरपालिका–८ सिरुवानीवाट ठुलो परिमाणको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध गाँजाको ओसार–पसार तथा कारोबार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहिबार ४ सय के.जी. गाँजा सहित ३ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ बर्षिय गोकुल राई, बेलका नगरपालिका–७ का २९ बर्षिय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ सुनसरीका २३ बर्षिय मनिष धामी रहेका छन् । उनीहरुलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअप सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले नगद ६३,०२५ रुपैयाँ समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।




