जहदा ५ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई मोरङले तरकारी जोनसंग आवद्ध किसानहरुलाई पावर टिलर हस्तान्तरण गरेको छ । खेत जोत्नसाथै सिचाई तथा ढुवानीकालागि समेत सो पावरटिरल प्रयोगगर्न सकिने छ ।
परियोजनाले संचालन गरेको जोन कार्यक्रममा आवद्ध जहदा गाउँपालिकाका किसानलाई सो उपकरण हस्तान्तरण गरिएको हो । जहदा गाउँपालिका वार्ड नम्बर ४ कुशवाहा टोलमा एक कार्यक्रमको आयोजनागरि ५० प्रतिशत अनुदानमा आठजना किसानलाई पावर टिलर हस्तान्तरण गरिएको परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले वताउनुभयो । पावर टिलर खरिद गरिएको मुल्यमा ५० प्रतिशत किसानले र ५० प्रतिशत परियोजनाले व्योहरेको छ । कृषि यान्त्रीकरणमा जोड दिदै परियोजनाले अनुदानमा धान काट्ने हारवेस्टर टयाक्टर लगायत ठुला–ठुला कृषि उपकरण तथा ढुवानीकालागि सवारी साधन र सिंचाईकालागि बोरिङ समेत जडान गर्दै आएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, परियोजना प्रमुख विनोदकुमार मण्डल, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल तथा उपाध्यक्ष सालोदेवी साहले सयुक्त रुपमा किसानलाई पावर टिलर हस्तान्तरण गर्नु भएको थियो । जहदा गाउँपालिकाका हरिहर साह, सियाराम राजबंसी,ताराचन्द मण्डल,मनोजकुमार सिंह,हरिनाथ सिंह,राकेश सिंह, पवनकुमार सिंह तथा गणेश राजवसी लगायतका किसानलाई पावर टिलर हस्तान्तरण गरिएको थियो । सो अवसरमा वोल्दै आमन्त्रित अतिथिहरुले पावर टिेलरको सहि सदुपयोग गरेर उत्पादन वढाउन किसानलाई आग्रह गरेका थिए । चालु आर्थिकवर्ष देखि जहदा र कटहरी गाउँपालिकामा तरकारी जोन कार्यक्रम संचालन हुंदै आएको छ ।
पहिले तरकारी व्लकको रुपमा संचालन हुदै आएकोमा यो वर्ष देखि परियोजनाले साढे पाचसय हेक्टर क्षेत्रफलमा तरकारी जोन संचालनमा ल्याएको हो । तरकारीको पकेटको रुपमा चिनिने सो पालिकामा जोन संचालनमा आएपछि ४० प्रतिशत थप उत्पादन वढने परियोजना प्रमुख मण्डलले वताउनुभयो ।
तरकारी जोनका अध्यक्ष शिवनाथ सिंहले खेत जोत्न प्रयोग हुने पावर टिलर किसानहरुले पाउनु खुशिको कुरा भएको भन्नुहुदै परियोजनाको सहयोगका कारण किसानको जिवन स्तरमा सुधार आउने वताउनुभयो ।