विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।

विराटनगरस्थित एक निजी होटलमा कार्यक्रमको आयोजनागर्दै समाजले समुदाय भित्रका मेधावी विद्यार्थी,चिकित्सक,ईन्जीनियर,प्राबिधिक सहित विभिन्न विधा तथा क्षेत्रमा सफलता हासिल गरेकालाई सम्मान गरेको हो ।

समाजले एसईई परीक्षा २०७८ मा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने रतुवामाई नगरपालिका ४ का अस्मिता साह,सुनबर्षी ६ का प्रियंका कुमारी साह,सुनबर्षी ४ का धिरज कुमार साह,विराटनगर १२ का बिराट साह र सोहि ठाउँका अपेक्षा साह,विराटनगर ४ का लिना सेठ तथा सुन्दर हरैंचा १३ का अरुण साह गरि ७ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

विद्यार्थीहरुलाई मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र आयोजक संस्थाका अध्यक्ष डाक्टर बालकृष्ण साहले नगद,कदरपत्र तथा दोसल्ला सहित सम्मान गर्नुभयो । अनलाईन फार्मको माध्यमबाट संस्थाको सम्पर्कमा आएका समुदाय भित्रका उत्कृष्ठ छात्रछात्रालाई सम्मान गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।

यसैगरि कार्यक्रमकाबीच समाजका विभिन्न वर्गका २४ जनालाई मायाको चिनो र ७० जनालाई कदरपत्र तथा दोसल्ला सहित सम्मान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोजक संस्थाका केन्द्रीय अध्यक्ष विश्वनाथ साह सहितका अतिथिहरुले समुदायको हक अधिकार तथा प्रतिष्ठालाई थप गरिमामय बनाउन सामाजिक अभियन्ताहरु थप सक्रिय हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु