विराटनगरका सामाजिक अभियन्ता एवम यूवा नेता फिरोज साह संघीय सांसदमा उम्मेद्वारी दिने घोषणा गरेका छन ।
साहले आउदो मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा क्षेत्रनम्बर ५ बाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन । साढे दुई दशक बढी समयदेखी नेपाली काँग्रेसमा आबद्ध रहेका साह विराटनगर १३ बाट नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत हुन ।
क्षेत्रबासी जनताको शिक्षा,स्वास्थ्यमा पहुँच,बेरोजगारी न्यूनिकरण र किसानलाई आवश्यक समयमा मलखाधको उपलब्धताको पहलगर्ने उद्धेश्यसहित आफुले उम्मेद्वारी दिन लागेको साहले बताएका छन । विराटनगर १३ निवासी ४५ बर्षिय साह ब्यवसायि हुन ।
सामाजिक अभियन्ताको रुपमा समेत चिनिने साह धर्मकर्म,मन्दिर निर्माण र सर्वसाधारणको समस्यामा सहयोगगर्दै आएका छन । आफुले पेशा भन्दापनि सेवागर्ने उद्धेश्यसहित संसदिय राजनीतिमा प्रवेशगर्न लागेको साहले बताएका छन ।
यूवाहरुको साथ र सर्मथन रहेकाले यसपटक क्षेत्रनम्बर ५ बाट आफुले उम्मेद्वारी दिन लागेको साहको भनाई छ । बिगतमा जितेर गएकाहरुले जनताको आशा अनुसार काम गर्न नसकेकाले आफुले जनताको वास्तविक सेवक भएर कामगर्ने उद्धेश्य लिएको साहले बताएका छन ।
यसअघि कोरोना महामारी,बाढी पीडित र कोशी कटान लगायतको विपत्तिको समयमा समेत उनले अग्रपक्तीमा रहेर राहत र उद्धारको काम गरिसकेका छन ।