कटहरी । कटहरी गाउँपालिका वडानम्बर २ को वडाध्यक्ष पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमालेका सुरेन्द्रप्रसाद राजवंशी ९६६ मत सहित वडानम्बर २ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका जयप्रकाश पासवानले ८१९ मत प्राप्त गरे ।

यस्तै सदस्य पदमा खुला सदस्यमा ब्रम्हदेव पासवान,अमित चौहान,महिला सदस्यमा मंजुदेवी राजवंशी र दलित महिला सदस्यमा शोभा चौधरी निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्राईले जानकारी दिनुभयो ।

कटहरी वडानम्बर २ सहितको ६०५४ मत गन्दा १७८ मत बदर भएको जनाइएको छ । सदर ५८७६ मत मा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार देवराज चौधरी २३७७ मत सहित अग्र स्थानमा छन ।

उनलाई नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुभाषकुमार सरदारले १३५३ मत सहित पछ्याई रहेका छन । यस्तै उपाध्यक्षमा १८६८ मत सहित नेपाली काँग्रेसका मन्जिताकुमारी सरदार अग्रस्थानमा र उनलाई नेकपा एमालेका सितादेवी राजवंशीले १७०८ मतसहित पछ्याई रहेका छन ।

सो गाउँपालिकाको नेकपा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार किशोर कुमार पाण्डेले ९८५,उपाध्यक्ष पुजनदेवी सरदारले ८९४,जसपाका अध्यक्षका उम्मेदवार मृत्यूञ्जय कुमार झाले २३७ र उपाध्यक्ष सविता कुमारी दासले २५१ मत प्राप्त गरेका छन ।

सम्बन्धित खबरहरु