विराटनगर १० चैत । विद्यार्थीहरुलाई लक्षितगरि विराटनगरमा वित्तीय साक्षरता गोष्ठी सम्पन्न भएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सो फाइनान्स कम्पनीले विराटनगरकै जेनिथ इन्टरनेश्नल कलेजमा मंगलबार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सो कलेजमा एमबिए र बिबिएमा अध्यनरत ५० जना विद्यार्थी सहभागि भएका छन । सहभागिलाई अर्थबिद् प्रोफेसर डाक्टर पिके झा र नेपाल राष्ट्र बैंकका प्रदेश १ प्रमुख मिना पाण्डेले सहभागि विद्यार्थीलाई वित्तीय साक्षरताका बिषयमा बिस्तृत जानकारी गराउनुभयो ।
युवायुवतीमा वित्तीय साक्षरताका बिषयमा जागरण ल्याउन,बित्तीय ज्ञानसिप,मनोबृति र ब्यवहारमा सुधार ल्याई वित्तिय क्षमता अभिबृद्धिका माध्यमले विवेकशील वित्तिय निर्णय लिन सघाउने लगायतका उद्धेश्यसहित गोष्ठी आयोजना गरिएको आयोजक श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका विराटनगर शाखा प्रबन्धक हरिबहादुर श्रेष्ठले बताउनुभयो ।
२१ मार्चदेखि २७ मार्चसम्म मनाइदै गरेको ‘ग्लोबल मनि विक’ साताब्यापी वित्तिय साक्षरता अभियान अन्र्तगत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कार्यक्रम गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजका चेयरमैन डाक्टर डिएन चौधरी र डाक्टर सन्देशदास श्रेष्ठ लगायतले समेत वित्तीय साक्षरताका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।