कटहरीको वडानम्बर १ मा स्वच्छ खानेपानी ब्यवस्थापनको पहलगर्न महेशपुर–जमटोकी खानेपानी उपभोक्ता तथा सरसफाई समिति गठन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र वडाध्यक्ष हरिनारायण राजबंशीको उपस्थितिमा बसेको बैठकले स्थानिय मिना मंडलको अध्यक्षतामा १० सदस्यिय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा टंकीदेवी राजबंशी,सचिव श्यामकुमार माझी,सहसचिव देवनारायण राजबंशी र कोषाध्यक्षमा विश्वनाथ माझीलाई सर्वसम्मत चयन गरेको हो । यसैगरि सदस्यहरुमा प्रेमनाथ माझी,शान्तिदेवी राजबंशी,राजनारायण माझी,शंकर ठाकुर र मिनिता राजबंशीलाई चयन गरिएको छ ।
बैठकले ६ जना बुद्धिजीविलाई सल्लाहकारका रुपमा समेत चयन गरेको छ । चयनित सल्लाहकारहरुमा घुरनलाल माझी,बनेशलाल राजबंशी,हरिनारायण माझी,पन्नालाल राजबंशी,पुष्पाराज माझी र बुल्कीदेवी राजबंशी रहनु भएको जनाईएको छ ।
गठन गरिएको तदर्थ समितिले समितिलाई बिधिबत दर्ता गराउनेगरि जिम्मेवारी तोकिएको वडानम्बर १ का वडाध्यक्ष राजबंशीले जानकारी दिनुभयो ।
