चैत २७ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ समुद्घाटनको अवसरमा विराटनगरका विद्यार्थीहरुले प्रभातफेरी निकालेका छन ।

सो अवसरमा विराटनगर ९ स्थित हिमालय दर्शन कलेजका विद्यार्थीहरुले प्रभातफेरी निकालेका हुन । सो कलेजमा होटल म्यानेजमेन्ट बिएचएम संकायमा अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षक प्राध्यापकहरुको समुहले प्रभातफेरी निकालेका हुन मेनरोड दक्षिणस्थित कलेज परिसरबाट निकालिएको प्रभातफेरीका सहभागि विद्यार्थीहरुले ट्राफिकचोक तथा रोडशेष चोक सहित महानगरका विभिन्न भागको परिक्रमा गरेका छन ।

प्रदेश सरकारले चैत २७ बाट शुरु गरेको कोशी पर्यटन बर्षको प्रर्बधनको उद्धेश्यसहित प्रभातफेरी निकालिएको हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले बताउनुभयो । प्रभातफेरीका सहभागिले ‘ए हजुर घुम्न जाने कता सगरमाथा भेटिन्छ जता’,‘नेपाल सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको उपहार’ र ‘पर्यटनको यात्रा समृद्धिको भविष्य’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

होटल म्यानेज्मेन्ट पर्यटन क्षेत्रसंग प्रत्यक्ष सम्बन्धित रहेकाले प्रभातफेरी निकालिएको कलेजकी संकाय प्रमुख अंजु भुजेलले बताउनुभयो । पर्यटन बर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डको समन्वयमा कलेजका विद्यार्थीहरुलाई सहभागि गराएर टूरिज्म रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूट क्लब समेत गठन गरिएको उहाँले जानकारी दिनुभया ।

प्रभातफेरीमा१ सय ५० बढी विद्यार्थीले सहभागिता जनाएको कलेजले जनाएको छ ।

सम्बन्धित खबरहरु