विराटनगर १५ फागुन । स्वास्थय सेवा दिवसको सन्दर्भ पारेर प्रदेश–१ स्वास्थय मन्त्रालयले आफ्नो प्राथमिकताका सयदिने कार्ययोजना सार्वजनिक गरेको छ ।
विराटनगर देवकोटाचोकस्थित स्वास्थय मन्त्रालयमा आज आयोजित कार्यक्रमकाबीच मन्त्रालयले आफ्नो प्राथमिकताका सयदिने कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश स्वास्थय मन्त्रालय स्थापना भएसंगै जनताले स्वास्थय प्रणालीमा आमुल सुधारको अपेक्षा गरिरहेको मन्त्री जयराम यादवले बताउनुभयो । जनअपेक्षा अनुसार स्वास्थय प्रणालीमा सुधार ल्याउन मन्त्रालयले आफ्नो नियमित काम बाहेक पहिलो सय दिने कार्ययोजना ल्याएको उहाँले बताउनुभयो । विभिन्न २७ वटा बुँदा समेटेर मन्त्रालयले आफ्नो कार्ययोजनामा सार्वजनिक गरेको हो । जसअन्र्तगत प्रादेशिक स्वास्थय नीतिको खाका तयार पार्ने,पशुबाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणकालागि एक स्वास्थय रणनिति तयार पार्ने,स्वास्थय बिमा बोर्डको प्रदेश १ को कार्यबिधि तयारगरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेस गर्ने र मेची अस्पताललाई ५० शैयाबाट २ सय शैय्यामा स्तरबृद्धि गर्न आवश्यक स्विकृतिकालागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने रहेको प्रदेश स्वास्थयमन्त्री यादवले बताउनुभयो ।
यस्तै प्रादेशिक आयुर्वेद अस्पताल संचालनमा ल्याउन आवश्यक ब्यवस्थागर्ने,प्रदेश जनस्वास्थ्यको सेवा आफ्नै भवनबाट शुरु गर्ने र बिशेषज्ञ चिकित्सककालागि सुविधा सम्बन्धि निर्देशिका स्विकृतिकालागि मन्त्रिपरिषदमा पेश गर्ने लगायतका बुँदाहरु सय दिने प्राथमिकतामा समेटिएका छन । सो अवसरमा बोल्नुहुँदै मन्त्री यादवले प्रदेश सरकार मातहतका अस्पतालहरुमा आवश्यकताको ५० प्रतिसत जनशक्ति मात्र उपलब्ध रहेको बताउनुभयो । यस्तै अस्पतालहरुमा आधुनिक उपकरणहरुको उलब्धता रहँदापनि दक्ष जनशक्तिको भने अभाव रहेको बताउनुभयो ।
स्वास्थय क्षेत्रमा भएका समस्याहरुलाई क्रमिकरुपमा समाधान गर्दै जाने जनताको अपेक्षा अनुसारको स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।