कटहरी गाउँपालिकाले नेवारी संस्कृति संरक्षणको क्षेत्रमा कामगर्ने संस्था नेवाः देय दबुलाई संस्कृतिसंग जोडिएको सामाग्रि प्रदान गरेको छ ।

गाउँपालिकाले कटहरी १ को सो संस्थालाई लाखे नाचमा प्रयोग हुने सामाग्रि सहित बाजागाजा प्रदान गरेको हो । गाउँपालिका परिसरमा आयोजित कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष देवराज चौधरीले नेवा देय दबुका अध्यक्ष लक्ष्मीभक्त राजभण्डारी सहित संस्था आबद्ध कलाकर्मीहरुलाई सांस्कृतिक पहिचानसंग जोडिएको सामाग्रि प्रदान गर्नुभयो ।

गाउँपालिकाले दबुलाई लाखेको मुकुण्डो १ थान,लाखेको पोशाक १ सेट सहित गरगहना,ढोलक,झ्याम्टा र घँुघरु लगायतका सामाग्रि प्रदान गर्नुभयो । तत्कालकालगि झण्डै १ लाख बराबरको सामाग्रि उपलब्ध गराईएको तथा छिट्टै संस्थाको माग अनुसारका थप सामाग्रिहरु प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले नेवा संस्कृतिको संरक्षण,प्रर्बधन तथा उत्थानको उद्धेश्य सहित ति सामाग्रि प्रदान गरिएको बताउनुभयो । उहाँले पालिकाले नेवार समुदायका साथै,संन्थाल सहितका विभिन्न जातिय संस्कृति संरक्षणको क्षेत्रमा क्रियाशिल संस्थाहरुलाई उनिहरुको आवश्यकता तथा माग अनुसारको सामाग्रिहरु उपलब्ध गराउँदै आएको जानकारी समेत दिनुभयो ।

कटहरी गाउँपालिकाको वडानम्बर १ मा नेवार समुदायका २३ घर परिवारको बसोबास छ भने गाउँपालिका भरिमा यो समुदायको १ सय ३० परिवारको बसोबास रहेको कटहरी १ का वडाध्यक्ष हरिनारायण राजबंशीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु