विराटनगर ५ फागुन । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरमा ‘एसबीएससी चित्रकला’ प्रतियोगिता हुने भएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा एसबीएससी चित्रकला प्रतियोगिता आयोजना गरिने छ । विद्यालयहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा मोरङ जिल्ला भरिका १ सय संस्थागत विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागि हुने संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई ५ हजार, द्धितीयलाई ३ , तृतीयलाई २ हजार र सान्तवना हुनेलाई ५ सय रुपैयाँ रहेको छ । एसबीएससीले प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता गर्दै आएको छ ।