लायन्स क्लब अफ विराटनगर ग्लोबलका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ ।

शिक्षाविद् मनोजकुमार हलुवाईको नेतृत्वमा निर्वाचित उक्त क्लबको नयाँ कार्यसमितिलाई पदस्थापन गराईएको हो । विराटनगरमा आयोजित एक बिशेष कार्यक्रमकाबिच बीच हलुवाईले वर्ष २०२५–२६ का लागि क्लबको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो । क्लबका वर्ष २०२४–२५ का अध्यक्ष सचिन कुमार मण्डलले नवनिर्वाचित अध्यक्ष हलुवाईलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ ‘सी’ का डिस्ट्रिक्ट गभर्नर बबरजंग थापाले लायन्सको विधि अनुसार उहाँलाई पदभार ग्रहण गराउनुभयो । २०२५ जुलाई १ देखि हलुवाईको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष हलुवाईले लायन्स क्लब ग्लोबलको सिग्नेचर कार्यक्रम ‘रात्रिकालीन रक्तदान कार्यक्रम’लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै लायन्सका सिद्धान्तअनुसारका कार्यक्रमहरुका साथै वृक्षारोपण, भोजन वितरण, स्वास्थ्य शिविरलगायतका सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर थापाले लायन्सका प्रत्येक क्लबले कम्तीमा एक जना विपन्न बालबालिकाको शिक्षा जिम्मा लिनुपर्नेमा जोड दिँदै स्थानीय आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जेएटी मल्टिपल को–अर्डिनेटर इन्द्र खत्री राजन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा पुर्व कार्यसमितिका पदाधिकारीलाई मायाको चिनो सहित विदाई समेत गरिएको थियो ।

सम्बन्धित खबरहरु