विराटनगर १ माघ । योग र ध्यानलाई घरघरमा पु¥याउनुपर्ने आवश्यकता रहेको सरोकारवालाले बताएका छन । तिब्ररुपमा बढिरहेको नसर्ने रोगलाई न्यूनिकरणगर्न योग र ध्यान प्रभावकारी हुने भएकाले सबै उमेर समुहकालागि योगाभ्यास आवश्यक रहेको उनिहरुले बताएका छन ।
स्वस्थ्य समाज,समृद्ध नेपाल र विश्व शान्तिकालागि योग भन्ने मुल नाराका साथ बिहीबार ११ औं राष्ट्रिय योग दिवस मनाईएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र मोरङ,विराटनगर महानगरपालिका,ब्रह्मकुमारी राजयोग सेवा केन्द्र,पतञ्जली योग समिति,जीवन विज्ञान परिषद,विकाशानन्द फाउण्डेशन र पण्डित घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विराटनगरमा योग दिवस मनाईएको हो ।
कार्यक्रम अन्र्तगत प्रभातफेरी र योग तथा ध्यानका अभ्यास कार्यक्रमहरु आयोजना गरिएका छन । सो अवसरमा विराटनगरमा एकाबिहानै प्रभातफेरी निकालिएको थियो । तिनपैनीचोकबाट निकालिएको प्रभातफेरीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमागर्दै पोखरीयास्थित परोपकार अभियान समुहको सभा भवनमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा आयोजक सातवटै संस्थाका पदाधिकारी तथा सदस्य सहित योगध्यानप्रति रुझान राख्ने सर्वसाधारणको सहभागिता थियो । प्रभातफेरी पछि परोपकार भवनमा योग र ध्यान प्रशिक्षण तथा अभ्यास कार्यक्रम आयोजना गरिएको थियो । सो ठाउँमा पतञ्जली योग समितिका प्रशिक्षकहरुले सहभागिलाई योग तथा प्रणायामका विभिन्न आसन तथा विधिहरुका बारेमा प्रशिक्षण दिएका थिए ।
लगत्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरकी संचालिका एवं ध्यान प्रशिक्षक ब्रह्मकुमारी गिता दिदीले सहभागिलाई राजयोगको प्रशिक्षण दिनुभयो । नसर्ने रोगहरु बढिरहेको सन्दर्भमा त्यसलाई न्यूनिकरणगर्न योग प्रभावकारी देखिएकाले सर्वसाधारणलाई योगप्रति प्रेरितगर्न कार्यक्रम गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,मोरङका बरिष्ठ कविराज निरीक्षक रविन्द्रकुमार मेहताले बताउनुभयो ।

योगले स्वस्थ्य,समृद्ध र संयम जीवन जिउन प्रेरणा दिने तथा तनावलाई ब्यवस्थापन गर्नपनि योगको अपरिहार्यता बढेको विराटनगर महानगरपालिकाकी आर्युवेद महाशाखाकी फोकल पर्सन पुनमकुमारी कर्णले बताउनुभयो ।
विक्रमसम्बत २०७२ सालदेखी नेपालमा प्रत्येकबर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । त्यसअघिपनि योग दिवस मनाउने गरिएपनि नेपाल सरकारले २०७८ श्रावण २८ गतेको मन्त्रिपरिषद बैठकबाट योग दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता प्रत्येकबर्ष सरकारीस्तरमा यो दिवस मनाउन थालिएको हो ।

योगलाई मानव भित्र भएका सम्पुर्ण सम्भावनाहरुलाई उजागर गर्न सक्ने ज्ञानविज्ञानको रुपमा समेत लिने गरिएको छ ।
