कटहरी २९ पौष । कटहरी गाउँपालिकाले ट्राफिक प्रहरी पोष्ट हाटखोलालाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।
गाउँपालिकाले ट्राफिक प्रहरीलाई डेस्कटप कम्प्युटर एकथान र थ्री ईन वन प्रिन्टर एक थान प्रदान गरेको हो । गाउँपालिका परिसरमा आयोजित कार्यक्रमकाबिच कटहरीका अध्यक्ष देवराज चौधरी,उपाध्यक्ष सीतादेवी राजवंशी र प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले ट्राफिक प्रहरी पोष्ट हाटखोलाका सई प्रेमकुमार साहलाई ति सामाग्रि हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्नुहुँदै अध्यक्ष चौधरीले ट्राफिकले सम्पादनगर्ने प्रशासनिक सहितका विभिन्न कार्यहरुमा सहजता होस भन्ने उद्धेश्य सहित कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताउनुभयो ।
गाउँपालिकाले ट्राफिकलाई प्रदान गरेको कम्प्युटर र प्रिन्टरको मुल्य एकलाख ३५ हजार रहेको जनाईएको छ ।