कटहरी २९ पौष । कटहरी गाउपालिका ३ स्थित श्री सहकारी संस्था लिमिटेडको १५ ओैं साधारणसभा सम्पन्न भएको छ ।

सो सहकारीले आफ्नै कार्यालय परिसरमा एक कार्यक्रमको आयोजनागरि साधारणसभा मनाएको हो । कटहरीका अध्यक्ष देवराज चौधरीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सीतादेवी राजवंशीको आतिथ्यमा सो सहकारीको साधारण सभा सम्पन्न भएको हो । यो सहकारीले किसानलाई सहुलियत दरमा मालखाध उपलब्ध गराउँदै आएको छ ।

साधारण सभामा संस्थाका लेखा संयोजक श्रीराम कामतले संस्थाको आयब्यय प्रस्तुत गर्नुभयो । उहाँले आर्थिकबर्ष २०८१ -८२ मा सहकारीले किसानलाई ३ हजार बोरा डिएपी र युरिया उपलब्ध गराएको जानकारी दिनुभयो ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष हरिनारायण माझीले संस्थाले किसानहरुलाई थप सुविधा उपलब्ध गराउन आगामी दिनमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने योजना बनाईरहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरीको वडानम्बर १ देखी ७ सम्म १० वटा सहकारीहरुले गाउँपालिकासंग अनुमति लिएर किसानहरुलाई मलखाध र बिउबिजन लगायतका समाग्रि सुलभ मुल्यमा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले मलखाध वितरणमा मात्र नभई सहकारीको कार्यक्षेत्रलाई अझ ब्यापक बनाउन संचालक समिति र शेयर सदस्यहरुले पहल गर्नुपर्ने बताउनुभयो ।
कटहरी गाउँपालिकाका कार्यपालिका सदस्य श्यामप्रसाद मण्डलले हाल सहकारीमा ४-५ जना कर्मचारी रहेको बताउनुहुँदै मलखाधको मात्र कारोबार गरेर कार्मचारी पाल्न असहल हुने बताउनुहुँदै नयाँ योजना ल्याएर कारोबार बढाउनुपर्ने आग्रह गर्नुभयो ।
उक्त सहकारीले किसानलाई ५० केजीको युरिया ९ सय र डिएपी २ हजार ३ सय ५० रुपैयामा उपलब्ध गराउँदै आएको जनाईएको छ ।

आर्थिक बर्ष २०३३÷३४ मा स्थापना भएको सो सहकारीमा हाल ३ सय बढी किसान सदस्य रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु