विश्वप्रसिद्ध प्रेरणादायी वक्ता तथा टेलिभिजन कार्यक्रम ‘अवेकिङ विथ ब्रम्हाकुमारीज’ की चर्चित प्रवक्ता सिस्टर शिवानी पहिलोपटक विराटनगर आउने हुनुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागि हुन उहाँ विराटनगर आउन लाग्नुभएको हो । सेवाकेन्द्रको आयोजनामा यहि कात्तिक १४ गते शुक्रबार विराटनगरको जैन भवनमा हुने बिशेष प्रवचन कार्र्र्र्यक्रममा सहभागि हुन उहाँ आउन लाग्नुभएको हो । कार्यक्रममा उहाँले ‘नयाँ शुरुआतकालागि सकारात्मक सोच’ शिर्षकमा प्रवचन दिने कार्यक्रम रहेको जनाईएको छ ।

आयोजक ब्रह्माकुमारी विराटनगरले मंगलबार पत्रकार सम्मेलनगरि सो बिषयमा बिस्तृत जानकारी गराएको छ । कार्यक्रममा बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय प्रमुख ब्रह्माकुमारी गिति दिदिले सिस्टर शिवानीको आगमन यसक्षेत्रका सर्वसाधारणकालागि लाभदायि हुने बताउनुभयो ।

उहाँले तनाव तथा नकारात्मक सोंचका कारण आम मानिसको जीवन अस्तब्यस्त हुँदै गएको अवस्थामा सिस्टर शिवानीको प्रवचनले नयाँ दिसादिन फलदायिहुने विश्वास ब्यक्त गर्नुभयो ।

सिस्टर शिवानी ब्रह्माकुमारी संस्थाकी वरिष्ठ राजयोग शिक्षिका र अन्तर्राष्ट्रिय स्तरकी ख्यातिप्राप्त वक्ता हुनुहुन्छ । उहाँले आफ्नो प्रवचनमार्फत लाखौँ मानिसहरूलाई मानसिक शान्ति, सकारात्मक सोच र आत्म–शक्तिको मार्ग देखाउँदै आउनुभएको जनाईएको छ ।

टेलिभिजन कार्यक्रम ‘अवेकिङ विथ ब्रम्हाकुमारीज’ मार्फत सिस्टर शिवानीले विश्वभरका दर्शकहरूलाई प्रेरित गर्दै आउनुभएको छ । उहाँलाई संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले ‘स्पिरिट अफ ह्युम्यानिटि अवाडर्’ सहितका धेरै सम्मानहरु प्रदान गरेको ब्रह्माकुमारीले जनाएको छ ।

सो अवसरमा बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका अनुयायि बिनोद भाईजीले सिस्टर शिवानी प्रेरणादायि प्रवचनको क्रममा विश्वभरि भ्रमण गर्दै आउनुभएको बताउनुभयो । उहाँले यसअघि सन २०१७ मा काठमाण्डौमा प्रवचनकानिम्ति सिस्टर शिवानीको आगमन भएको तथा त्यसयता विराटनगरमा आउन लाग्नुभएको जानकारी गराउनुभयो ।

कार्यक्रममा ब्रह्माकुमारी का नेपाल निर्देशक राज दादी माँ र सह निर्देशक किरण दिदी सहित १० सदस्यिय केन्द्रीय प्रतिनिधिको समेत सहभागिता रहने जानाईएको छ । मोरङ उद्योग ब्यापार संघ,उद्योग संगठन मोरङ,नेपाल उद्योग परिसंघ कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । कात्तिक १४ गते साँझ साढे ४ देखी ७ बजेसम्म हुने कार्यक्रममा सहभागिताकानिम्ति प्रवेश पासको ब्यवस्था गरिएको छ ।

कार्यक्रममा समाजका विभिन्न बर्गका करिब २५ सय ब्यक्तीहरुको सहभागिता रहने आयोजक समितिले अपेक्षा गरेको छ ।

सम्बन्धित खबरहरु