कात्तिक ९ । मैथिली भाषा–संस्कृतिको विकास र प्रर्बधनको क्षेत्रमा कामगर्दै आएको अग्रणी संस्था मैथिली विकास अभियानको अध्यक्षमा पत्रकार नवीन कर्ण निर्वाचित हुनुभएको छ ।

विराटनगरमा सम्पन्न भएको सो संस्थाको साधारण सभाबाट कर्ण सर्वसम्मत निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष कर्ण मैथिली विकास अभियानको परि–कल्पनाकार र संस्थापक मध्येका एक हुनुहुन्छ । यसअघि २०६२ सालमा समेत उहाँले संस्थाको नेतृत्व सम्हालिसक्नु भएको छ ।

लामो समयदेखी सक्रिय पत्रकारितागर्दै आउनुभएका कर्ण हाल विराटनगरस्थित मकालु टेलिभिजन, उद्घोष दैनिक र मैथिली अनलाईन न्यूज पोर्टलमा आबद्ध हुनुहुन्छ ।

साधारण सभाले कर्णको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कल्पना दास,सचिव प्रशान्त कर्ण र कोषाध्यक्षमा नन्दन मल्लिक सर्वसम्मत हुनुभएको छ । यस्तै दुई सहसचिवमा पुष्पलता कर्ण र मनिष कर्ण हुनुहुन्छ । संस्थाको कार्यसमिति सदस्यमा आयुष कर्ण,विकास कर्ण,विनिता मल्लिक, अजय कर्ण ‘शुभम’ र राहुल बर्मा हुनुहुन्छ ।

साधारण सभाकाबिच नयाँ कार्यसमिति निर्वाचनका निम्ति नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन मोरङका अध्यक्ष सुनिल कर्णको संयोजकत्वमा तिन सदस्यिय निर्वाचन समिति गठन गरिएको थियो ।

समितिको दुई सदस्यमा अशोक कर्ण र रंजित कर्ण रहनुभएको थियो ।  साधारण सभाकाबिच कुनैपनि पदमा विरोध नभएको र दोहोरो उम्मेदवारी समेत नपरेपछि कर्णको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक सुनिल कर्णले जानकारी दिनुभयो ।

सो अवसरमा निर्वतमान अध्यक्ष पंकज बर्माले नवनिर्वाचित कार्यसमितिलाई स्वागतगर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

मैथिली भाषा–संस्कृति उत्थानको उद्धेश्य सहित मैथिली विकास अभियान ५० को दशकमैं सामाजिकरुपमा स्थापना भएपनि विक्रमसम्बत २०६१ साल माघ १८ गते विधिवत दर्ता भएको थियो ।

संस्थाले स्थापनाकालदेखी भाषा–संस्कृति प्रर्बधनात्मक मंचिय कार्यक्रमका साथै साहित्यिक सहितका विविध कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित खबरहरु