असोज २२ । जहदा गाउँपालिकाको वडानम्बर ३ का वडाध्यक्ष अनिल कुमार ठाकुरले बाढीपीडित एकसय परिवारलाई राहत वितरण गर्नुभएको छ ।
वडाध्यक्ष ठाकुरले बाढी पीडित जहदाको वडानम्बर १ का ५० र २ को समेत ५० घर परिवारगरि एकसय परिवारलाई राहत वितरण गर्नुभएको हो । उहाँले वडाको बजेटबाट नभई ब्यक्तिगत तवरबाट राहत वितरण गर्नुभएको हो ।
असोज १७ र १८ गतेको अविरल बर्षपछि आएको बाढीमा जहदा १ मा सिंघीया खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरेको थियो भने वडानम्बर २ मा जुडी खोलाको बाढी बस्ती प्रवेश गरेको थियो । बाढीबाट पीडित वडानम्बर १ को बुधनगर,भुटहाका बाढी पीडित र वडा नम्बर २ अन्तर्गत बिरपुर सन्थाल टोलका पीडित परिवारलाई ठाकुरले भूजा १-१ बोरा सहित चाउचाउ वितरण गर्नुभएको हो ।
ति क्षेत्रका बासिन्दाको घरघरमा बाढी प्रवेश गरेकाले अझ केहिदिनसम्म चुल्हो बाल्ने अवस्था नभएकाले छाक टार्न भएपनि निजी तवरबाट यथाशक्य राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । स्थानीयवासीले राहत सहयोगकालागि वडा अध्यक्ष ठाकुरप्रति धन्यवाद व्यक्त गरेका छन् ।
राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।