थारु समुदायको सर्वपक्षिय विकासका निम्ति साझा प्रतिबद्धता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
थारु कल्याणकारिणी सभा (थाकस) मोरङले जारी चाडपर्वको अवसरमा विराटनगरमा अयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । सभाले विराटनगर ३ स्थित थाकस भवन परिसरमा अयोजना गरेको दशैंसहित आसन्न गोठाले,सुखरात र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने थारु अगुवाहरुले थारु समुदायको भाषासंस्कृति,थातथलो तथा जातिय पहिचान जोगाउन समुदायको साझा पहल र प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।
थाकसको बुढीगंगाका सभापति रामनारायण चौधरीले देशभरिका थारु भन्दा मोरङिया थारुको पहरिण र भाषा बेग्लै तथा विशेष भएकोले भाषालाई लिपिबद्ध गर्नुपर्ने बताउनुभयो । थारु कला केन्द्रका प्रमुख सल्लाहकार सुचि चौधरीले थाकसको स्थापना २००३ सालमा भएको बताउनुहुँदै आपसी विवादमा अल्मलिनुको साटो समुदायको विकासको गतिविधिलाई गति दिनुपर्ने बताउनुभयो ।
यस्तै कोशी प्रदेशसभाका पुर्व सदस्य एवं थाकस मोरङका पुर्व अध्यक्ष चुमनारायण तबदारले समुदायको विकासकानिम्ति ठोस पहल चाल्नुपर्ने बताउनुभयो । उहाँले समुदायको विकासका निम्ति समुदायकै लगानीबाट ५ करोड राशिको अक्षयकोष स्थापनागर्ने घोषणा समेत गर्नुभयो । अक्षयकोषबाट प्राप्तहुने ब्याजबाट थारु समुदायको बृहत्तर विकासकानिम्ति प्रयोग गर्न उहाँले सुझाव समेत दिनुभयो ।
थाकसका मोरङ अध्यक्ष प्रदिप विश्वासले थारु कल्याणकारिणी सभाको आफु नेतृत्वको कार्यसमितिले समुदायको सर्वपक्षिय विकासकानिम्ति परिणाममुखी कार्यहरु गरिरहेको दाबी गर्नुभयो । थाकसकै विराटनगरमहानगरपालिका का अध्यक्ष विद्यानन्द माझीले थारुको पहिचान जोगाउन तथा भाषासंस्कृति संरक्षण गर्न थारु समुदायबिच एकता आवश्यक रहेको बताउनुभयो ।
उहाँले आसन्न चाडपर्वमा मदिरापान र जुवतास रहित चाडपर्व मनाउनुपर्ने बिषयमा समेत जोड दिनुभयो । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले थरुले नै थारुको नेतृत्व नस्विकार्ने परिपाटि देखिएकालेपनि विभिन्न क्षेत्रमा समुदाय पछि परेको धारणा ब्यक्त गर्नुभयो । हौली परिवारका सचिव चन्द्रनारायण चौधरीले थाकस थारु समुदायको अग्रणी संस्था रहेकाले समुदायको जातिय पहिचान,भाषासंस्कृति,संरक्षण गर्नु संस्थाको पहिलो दायित्व रहेको बताउनुभयो ।
थारु कानुन ब्यवसायि सभा मोरङका जिल्ला सभापति मधुसुदन चौधरी र थारु युवा सभा मोरङका अध्यक्ष खुशीराम बिश्वासले आपसी बादविवादमा अल्मलिनुको साटो दिगो योजना र लक्ष्य सहित अघि बढनुपर्ने बताउनुभयो ।
सो अवसरमा समुदायका कलाकारहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।