विराटनगर । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन भएको छ ।
संघको असार २१ गते बेलबारीमा सम्पन्न भएको सातौं बार्षिक साधारण सभाबाट समुहको नयाँ कार्यसमिति निर्वाचित भएको हो । सो क्रममा बेलबारी १ का दिनेश प्रसाद गिरीको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको उपाध्यक्षमा कटहरी गाउँपालिकाका समाजसेवी एवम राजनितिकर्मी श्याम प्रसाद मण्डल निर्वाचित हुनु भएको छ ।
यसैगरि ७ जना खुला सदस्यमा कानेपोखरीका छत्रबहादुर निरौला,बेलबारीका होमबहादुर खड्का,रंगेलीका उमेश कुमार मण्डल र पृथ्वी नारायण ताजपुरिया,धनपालथानका अरुण कुमार चौधरी र बेलबारीका गणेश अधिकारी हुनुहुन्छ । यसैगरि तिनजना महिला सदस्यमा बेलबारीकी रम्भा राजवंशी,रंगेलीकी मिरा दाहाल र धनपालथानकी रितादेवी सरदार हुनुहुन्छ ।
यसैगरि आदिवासी जनजाति सदस्यमा कानेपोखरीका रुपमान गुरुङ,मधेशी सदस्यमा धनपालथानका दामोदर प्रसाद मण्डल र दलित सदस्यमा कानेपोखरीका देविबहादुर विश्वकर्मा हुनुहुन्छ । यस्तै कानेपोखरीका छविलाल चौधरीलाई वडाबाट जनप्रतिनिधि छनौट गरिएको छ ।
यसैगरि समुहको ५ सदस्यिय लेखा समितिको संयोजकमा धनपालथानका प्रमोदकुमार शर्मा निर्वाचित हुनु भएको छ । लेखा समितिको सदस्यमा धनपालथानकै अशोक कुमार मण्डल,बेलबारीका शशि राई,रंगेलीका भुपेन्द्र प्रसाद मण्डल र बेलबारीका सन्देश तामाङ निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित पदाधिकारीको कार्यकाल ५ बर्षको रहने जनाईएको छ ।