विराटनगरस्थित रघुपति आधारभुत विद्यालयका ९ जना विद्यार्थीलाई साईकल वितरण गरिएको छ ।
विराटनगर १७ को वडा कार्यालयले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई साईकल वितरण गरेको हो । उक्त विद्यालयको कक्षा ६,७ र ८ मा अध्यनरत विद्यार्थीमध्ये प्रथम,दोश्रो र तेश्रो हुने ९ जना छात्रछात्रालाई साईकल वितरण गरिएको हो ।
वडा कार्यालयको १ लाख बजेटबाट विद्यार्थीलाई साईकल वितरण गरिएको वडाध्यक्ष समिम कमरले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई प्रोत्साहनगर्न साईकल वितरण गरिएको उहाँले बताउनुभयो ।